|
|
तुलसीपुर,२६-फागुन । दाङमा स्थापना भएको दाङ यातायात सेवा प्रालीले क्षेत्र सेवा विस्तार गर्ने भएको छ ।
पहिलो चरणमा दाङ काठमाडौ रात्री सेवा डिलिक्स बस सञ्चालन गरेको दाङ प्रालीले चैत एक गते देखि दाङ देखि मुगलिङ-पोखरा हुदै बागलुङ सम्म डिलक्स रात्री बस चलाउने भएको छ ।
हामीले आफनो सेवा विस्तार संगै दाङ – बाग्लुङ रात्री सेवा दिने तयारी गरेका छौ प्रालिका अध्यक्ष पिताम्वर कडेलले भने । त्यसको लागि चैत १ देखि सेवाको तयारी गरेका छौ ।
प्रत्येक दिन दिउसो ३ वजे तुलसीपुर बाट वागलुङका लागि बस छुटने र त्यसको भाडा एक हजार ९० रुपैया तय भएको अध्यक्ष कडेलले जानकारी दिए ।
दाङ प्रालिले चैतको दोस्रो साता देखि रापतीका स्थानीय रुटहरुमा र काठमाडौको लागि दिवा सेवा सञ्चालन गर्ने तयारी गरेको जानकराी दिएको छ ।
प्रालीमा महासचिव मदन बहादुर बस्नेतले चैतको दोस्रो साता सम्ममा प्रालीमा थप डिल्कस बसहरु भित्रन लागेको जानकारी दिनु भयो । थप गाडि आयलगतै राप्तीको सल्यान, रुकुम र नेपालगञ्ज रुटमा डिलक्स गाडी सञ्चालन गरिने जानकारी दिए ।
त्यसै गरेर दाङ-काठमाडौ दिवा सेवा र पश्चिम दाङ– काठमाडौ रात्री सेवामा गाडी सञ्चालन गरिने प्रालिले तयारी गरेको जानकारीदिए । तुलसीपुरअनलाइनबाट साभार
Post a Comment