|
|
तुलसीपुर, २६-फागुन । मोटरसाईकलको ठक्करबाट तुलसीपुरको प्रसेनीमा एकजना बृद्धको मृत्यु भएको छ भने चालक गम्भिर घाईते भएका छन् ।
बिजौरीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प २५५७ नम्वरको मोटरसाईकलले प्रसेनीमा ठक्कर दिँदा तुलसीपुर १५ कुमाल गाँउका ६० बर्षीय पर्श कुमालको मृत्यु भएको हो ।
गंभिर घाईते कुमालको राप्ती अंचल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक मिलन श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि मोटरसाईकल चालक विजौरी-८ रनियापुर निवासी ३५ वर्षीय विनोद पार्दे गम्भिर घाईत भएका छन् । राप्ती अंचल अस्पतालको उपचारपछि उनलाई थप उपचारका लागि बाँकको कोहलपुर शिक्षण अस्पतालमा लगिएको प्रहरीले बताएको छ । तुलसीपुरअनलाइनबाट
Post a Comment