Headlines News :
Home » » दाङ महोत्सवको तयारी अन्तिम चरणमा

दाङ महोत्सवको तयारी अन्तिम चरणमा

Written By Unknown on Wednesday, March 2, 2016 | 8:00 PM


घोराही, २०-फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवकोलागी आवश्यक सम्पूर्ण तयारी करिब सकीएको र अब केही काम मात्र बाँकी रहेको महोत्सव आयोजक मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिएका छन् ।

“उद्योग व्यापार कृषी एव। पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको लागी स्टल निर्माण, गेटहरु निर्माण, लगायत सम्पूर्ण कामहरु सम्पन्न भईसकेको बन्जाडेले बताए ।

यसैगरी विभिन्न उपसमितिहरुले पनि महोत्सवकालागी आवश्यक सम्पूर्ण काम सम्पन्न भईसकेको बताएका छन् । महोत्सवकालागी मुख्य मञ्च र केही स्टल निर्माणको काम बाहेक अन्य सबै तयारीको काम सम्पन्न भएको आयोजक मूल समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीले बताए । महोत्वकालागी जिल्लाका मुख्य सडकहरुमा स्वागत गेटहरु निर्माण गरिएको छ ।

यसैविच महोत्सवका विषयमा सल्लाह दिनकालागी गठन भएको सल्लाहकार समितिको बैठक बुधबार बसेको छ । समितिका संयोजक मधुसुदन वैद्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव व्यवस्थित बनाउने विषयमा आयोजकलाई सल्लाह दिएको थियो ।

जस अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने, सम्पूर्ण उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गर्ने लगायतका सुझाव दिएका थिए । उनीहरुले महोत्सव सफल बनाउनकालागी आफुहरुको साथ सधै रहेको पनि बताएका छन् ।

साथै सल्लाहकार समितिको बैठकले प्रत्यक दिनको महोत्सवको मुल्यांकन गर्दै सल्लाह दिने पनि निर्णय गरेको छ । यसैविच महोत्सवको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा । युबराज खतिवडाले गर्ने तय भएको संघका अध्यक्ष बन्जाडेले जानकारी दिएका छन् । -तुलसीपुरअनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger