|
|
तुलसीपुर फागुन २० । तुलसीपुरमा जुवा खेलाउने गिरोह सक्रिय रहेको चर्चा चलिरहेका बेला तुलसीपुर प्रहरीले एकजना महिलासहित २२ जना जुवाडेलाई रङ्गेहात पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सुराकीको आधारमा गएको प्रहरी टोलीले तुलसीपरको बाहिनी चोक नजिकै रहेको वेलकम रेष्टुरेण्टमा छापा मारी २२ जनालाई पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले २ लाख ५८ हजार ४ सय ८० रुपैयाँ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख सन्तोष रोकाका अनुसार पक्राउ पर्नेमा होटेल सञ्चालक तथा जुवा खेलाउने महिला लक्ष्मी चौधरी, जुवाडेहरु तुलसीपुर ६ निवासी पूर्णबहादुर गिरी, दिपेन्द्र गिरी, विनोद गिरी, मोहन न्यौपाने, पुष्कर भण्डारी, रामप्रसाद गिरी, लिलाबहादुर बस्नेत, मिनु गिरी, निर्मल बस्नेत, सन्तोष लामिछाने, तुलसीपुर ५ का कुशल शर्मा, कृष्ण वली, घनश्याम योगी, मोतीराम बस्नेत, थम्मन केसी, तुलसीपुर १२ का ठाकुर बस्नेत, अरुण रावत, तुलसीपुर १९ का पूर्णबहादुर केसी, पुष्पराज गिरी, तुलसीपुर ९ बस्ने दुर्गा केसी र तुलसीपुर २० निवासी घनश्याम चौधरी रहनुभएको छ ।
पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको दाङका प्रहरी प्रमुख कुवेर कडायतले बताउनुभयो । दिउँसो करीव ३ वजे पक्राउ परेका जुवाडेलाई छोड्न नेताको दवाव आउनसक्ने भन्दै प्रहरीले तत्काल मुद्दा चलाएको प्रहरी स्रोतले बताएको छ । यसअघि पनि विभिन्न समयमा पक्राउ पर्ने गरेका जुवाडेहरुको पैसा जफत भए पनि आइन्दा गल्ती नगर्ने सर्तमा छुट्ने गरेका थिए । -ओपेन्द्र बस्नेत, dangkhabarबाट साभार
Post a Comment