|
|
अमेरिकामा गरिएको यो अध्यनले नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले यस्ता कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो ।
‘प्रसीडिङ्ग्स अफ द नेशनल अकाडमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित अध्यनमा नेपाल जस्ता मुलुकमा एन्टिवायोटिक सेवन गरेका कुखुरा उत्पादन हुन्छन् जो पछि खाँदा मानिसमा घातक शक्ति उत्पन्न हुन थाल्छ ।
यस्ता कुखुरा उत्पादन गर्नेमा भारत नेपाल नभएर चीन सबै भन्दा शीर्ष स्थानमा रहेको उक्त अध्यनमा सहभागी बैज्ञानिकहरुले जानकारी दिएका छन् ।
ब्रोइलरलाई विरामीहुनबाट बचाउँनका लागि एन्टिबायोटिक खुवाइने हुदा त्यसबाट कुखुरामा एन्टिबायोटिक प्रतिरोधी शक्ति पैदाहुने गरेको पाइएको छ । त्यसैले ति कुखुराको मासु खादा मानिसहरुमा पनि त्यस्तै एन्टिबायोटिकले काम नै गर्न छोड्ने अध्यनका क्रममा पाइएको छ ।
त्यसैले ति औषधीले काम नगरेपछि सामान्य रोगबाट समेत मानिसहरुको ज्यान जाने खतरा बढि हुने सो आध्यनले पुस्टि गरेको छ ।बिदेशका केहि देशहरुमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिएक कुखुरामाथि प्रतिबन्ध लगाइएको छ । एजेन्सी ।
Post a Comment