|
|
काठमाडौं, २८ चैत्र । ख्यातीप्राप्त पंण्डित ज्योतिष ओझराज उपाध्याय (लोहनी) ले नयाँ वर्ष २०७३ झनै संकटपूर्ण रहेको बताएका छन् । उनले मुलुकमा सैनिक शासन लागु हुनदेखि राजसंस्था व्युँतिने समेत ठोकुवा गरे ।
आईतबार राति हिमालय टेलिभिजनमा प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पंण्डित लोहनीले यस्तो भविष्यवाणी गरेका हुन् । ज्योतिषका अनुसार नयाँ वर्ष २०७३ साल राजनीतिक हिसाव उथलपुथलको वर्ष हुने बताउँदै शुरुवाती महिना बैशाख ०२ गतेबाट नै सत्ता परिवर्तनको चलखेल शुरु हुने बताए ।

कार्यक्रममा उनले २०७३ सालमा सैनिक शासन लागु हुने समेत दाबी गरे । उनका अनुसार नयाँ वर्षभित्रै विभिन्न धर्महरुवीच कलह उत्पन्न हुने र अन्त्यमा हिन्दूराष्ट्र घोषणा हुने दाबी गरे ।
लोहनीको भविष्यवाणीमा पूर्वराजा ज्ञानेन्द्रको राम्रो योग भएकोले मुलुकमा राजसंस्थाको पूर्नवहाली हुने ठोकुवा गरे । उनले त्यति मात्र भविष्यवाणी गरेनन् । उनले भने,‘‘देउवाजीको लागि ०७३ साल निकै शुभ छ, उहाँ प्रधामन्त्री पक्का बन्नुहुन्छ, उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।’
ज्योतिषका अनुसार २०७२ सालमा जस्तै नयाँ साल पनि नेपालीहरुको लागि उत्तम नभएको बताए । ज्योतिष लोहनीले आफूले यसअघि गरेका सबै भविष्यवाणी समेत मिलेको बताउँदै माथि उल्लेखित भविष्यवाणीहरु समेत मिल्ने ठोकुवा गरेका छन् ।
उनले आफूले विगतमा राजसंस्थाको अन्त्य, दरबार हत्याकाण्ड, शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने, सुनामी आउने, पहिलो संविधानसभाले संविधान दिन नसक्ने र दोस्रो संविधानसभाबाट संविधान जारी हुने लगायतका भविष्यवाणीहरु गरेको र सबै मिलेको दाबी गरेका छन् । -साझा सबाल अनलाइनबाट
Post a Comment