Headlines News :
Home » » रोल्पाबाट अनेक सपना देखाएर राजधानी पुर्याइएका ४ बालबालिकाको उद्धार

रोल्पाबाट अनेक सपना देखाएर राजधानी पुर्याइएका ४ बालबालिकाको उद्धार

Written By Unknown on Saturday, April 2, 2016 | 11:34 PM


चैत २१, रोल्पा । अनेक सपना देखाएर राजधानीका इँटाभट्टामा पुर्‍याइएका ४ बालबालिकालाई बाल अधिकारवादी संस्थाको पहलमा उद्धार गरिएको छ ।

रोल्पाबाट भक्तपुरका इँटाभट्टामा पुर्‍याइएकी मसिनाकी १४ वर्षीया भूमिका घर्तीमगर, जोलीपोखरीका १४ वर्षीय गोवद्र्धन विक र १२ वर्षीय नवीन बोहराका साथै फगामकी १३ वर्षीया टेक मालालाई बाल विकास समाजको पहलमा उद्धार गरिएको हो ।

उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । संस्थाका अनुसार श्रमका लागि राजधानी उपत्यकाभित्रका इँटाभट्टामा लगिएका दर्जनौं बालबालिकामध्ये कतिपयलाई आफ्नै अभिभावकले लगेका थिए भने कतिपयलाई श्रमको व्यापारमा संलग्न ‘नाइके’ ले फकाई फुल्याई पुर्‍याएका थिए ।



विद्यालयमा पढदापढदै राजधानीका श्रम बजारमा लगिएका आफ्ना सन्तानलाई संस्थाले खोजी गरेर घर फर्कादिएकामा अभिभावक निकै खुसी भएका छन् । ‘मेरो छोरोलाई घर फिर्ता गरिदिएकामा हामी खुसी छौं । उसलाई विद्यालयमा पढन पठाउँछु ।’ गोवद्र्धनका पिता तिलकले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले ऊ घरबाट भागेको हो । अब आफ्नै जोहो गरेर स्कुल पठाउँछु ।’

इँटाभट्टाबाट फिर्ता गरिएका बालबालिकालाई पुन: विद्यालय पठाउन बाल विकास समाजले प्रतिविद्यार्थीलाई २० हजार नगद प्रदान गरेको छ । स्थानीय मानव अधिकार सचेतना केन्द्र (हुरेक) को समन्वयमा उक्त रकम प्रदान गरिएको हो ।

सेभ द चिल्ड्रेनले पनि ती बालबालिकालाई सहयोग गर्ने वचन दिएको छ । सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक इन्द्र बडुवाल भन्छन्, ‘श्रम बजारबाट घर ल्याइएका बालबालिकालाई आर्थिक सहयोग खाँचो परेमा हामी सहयोग गर्छौं ।’ -काशिराम डाँगी, इकान्तिपुरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger