Headlines News :
Home » » रुकुममा ५८ वर्षिय एक बृद्ध प्रवेशिका परिक्षा एसएलसीमा सहभागी

रुकुममा ५८ वर्षिय एक बृद्ध प्रवेशिका परिक्षा एसएलसीमा सहभागी

Written By Unknown on Sunday, April 3, 2016 | 8:01 PM


गणेश सिर्पाली/चैत २२, रुकुम ।  रुकुममा ५८ वर्षिय एक व्यक्तिले प्रवेशिका परिक्षा एसएलसी दिईरहेका छन् । रुकुम मग्मा ९ ढारवाङका  शसिराम खत्रीले मग्माको शिद्धार्थ उच्च मावि बाट एसएलसी दिईरहनु भएको केन्द्राध्यक्ष नदिराम केसीले जानकारी दिनुभयो ।



नेपाल राष्ट्रिय मावि ढारवाङका कार्यालय सहयोगी समेत रहेका खत्रीले पढाई लेखाई बिना कुनैपनि काम सफल रुपमा पुरा गर्न नसकिने आफुमा चेतना आएकाले परिक्षामा सहभागी भएको बताउनुभयो ।

पहिले विभिन्न कारणले पढाई विचमा छोड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै खत्रीले अहिले आएर शिक्षाको महत्व बुझेको समेत बताउनुभयो । त्यस्तै पछिल्लो समय पढाईमा भन्दा अन्य कुरामा ध्यान दिने विद्यार्थीहरुलाई शिक्षाको महत्व बुझाउन पनि आफु परिक्षामा सहभागी भएको उहाँको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन देखि सरकारी कार्यालयको कार्यलय सहयोगी बन्नका लागी समेत एसएलसी पास गर्नु पर्ने प्राबधान सरकारले लागु गरेपछि रुकुममा पनि पाको उमेरमा एसएलसी दिनेको सँख्या वढ्दो छ । -साझा सबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger