|
|
तुलसीपुर, २२- चैत । दाङमा विद्यालयको भवन भत्काउने क्रममा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ ।
रामपुर १ रामपुरको गंगाउच्च माविको पुरानो भवन भत्काउने क्रममा त्यसमा च्यापिएर रामपुर १ निमुरीया निवासी २४ वर्षीय गोविन्द आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका मधुसुदन खड्काले जानकारी दिए ।
खड्काका अनुसार आईतवार दिउँसो साढे ४ बजेतिर विद्यालयको भवन भत्काउन क्रममा आलेलाई भवनको भित्ताले च्यापेको थियो । घाईते आलेलाई राप्ती उपक्षेत्रिय अस्पताल घोराही ल्याउँदै गर्दा बाटोमै मत्यु भएको प्रहरीले बताएको छ । -तुलसीपुर अनलाइनबाट
Post a Comment