|
|
बबई खोलामा पुल बन्न लागेको र डोजरले माटो खन्ने क्रममा अप्टीकल फाईबर काटेपछि नेपाल टेलिकम द्धारा प्रदान गरिएको इन्टरनेट सेवा बन्द भएको हो ।
तार काटिएपछि नेपाल टेलिकम द्धारा प्रबाह गरिएको एडिएसएल र थ्रिजीको इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम घोराही शाखाले जनाएको छ । इन्टरनेट सेवा बन्द भएपछी राप्ती अञ्चलका लाखौँ उपभोक्ताहरु मारमा परेका छन् । तार मर्मतका लागि नेपालगञ्जबाट प्राबिधिकको टोली आएको छ ।
सडक बिस्तार र पुल निर्माणका क्रममा सडक कार्यालयले टेलिकम सँग समन्वय नै नगरि काम गर्दा समस्या भएको टेलिकमले जनाएको छ । यस अघि पनि विजौरी र संक्राम खोलामा पनि पुल बनाउदा डोजरले खन्दा तार काटिएपछि सेवा प्रभाबित भएको टेलिकमका सुरेश शर्माले बताए ।
यसैविच नेपाल टेलिकम कार्यालय घोराहीले आफुहरु सँग समन्वय नै नगरी काम गर्दा अप्टीकलमा असर परेको भन्दै सोमबार जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयलाई पत्र पठाएको छ । टेलिकम सँग समन्वय नगरि जथाभावी डोजर लगाउदा तारहरुमा असर परेपछि कार्यालयले पत्र नै काटेर समन्वय गर्न आग्रह गरेको हो । तुलसीपुर अनलाइनबाट
Post a Comment