|
|
स्थानिय प्रभु चौधरीको घरमा सोमबार दिउँसो टेलिभिजन हेर्ने क्रममा बिद्युत सर्ट भएर आगलागी भएको बताईको छ । स्थानियहरुले घटना स्थलमा पुगेका सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार करिब एक सय बढी घरगोठ जलेको छ ।
आगो नियन्त्रणका लागि घटना स्थलमा लमही नगर बिकास समिती र घोराही नगरपालिकाको दमकल गएका छन् । सोमबार हावाहुरी चलेका कारण आगो नियन्त्रणमा समस्या आएको थियो । स्थानिय र प्रहरीहरु समान बचाउने कार्यमा जुटेका छन् । आगोले व्यापक क्षेति पुर्याउँदै जान थालेपछि नेपाली सेना र शसस्त्र प्रहरी गरि ४२ जनाको टोली त्यस तर्फ पठाएका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिए ।
एकीन बिबरण केही आएको छैन तर स्थिति भयाबह नै रहेको भन्ने सूचनाका आधारमा आगो नियन्त्रणका लागि सेना, प्रहरी र दमकललाई मुभ गराएका छौ काफ्लेले भने । हावा चलेका कारण र फुसले छाएका घरहरुका कारण नियन्त्रण बाहिर रहेपछि स्थानियहरुको रुवावास चलेको छ । बाकी गाउँ हुदै खजरौटा गाउँमा पनि आगो फैलिएको छ ।
Post a Comment