|
|
चैत २२, सल्यान । सल्यान–जिल्ला विकास समिति सल्यानले तीन वटा नगरपालिका निर्माणका लागि आज सोमबार सिफारिस गरेको छ ।
जिल्ला विकास समितिको बोर्ड बैठकले जिल्लाका तीन स्थानमा नगरपालिका गठनका लागि सिफारिस गरी मन्त्रालयमा पठाएको हो ।
बोर्ड बैठकले सल्लीबजार, छाँयाक्षेत्र र कपुरकोट क्षेत्रलाई नगरपालिका गठन गर्नका लागि सिफारिस गरी पठाउने निर्णय गरेको जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले जानकारी दिए । उनका अनुसार सल्लीबजार नगरपालिकाभित्र देवस्थल, मुलखोला, घाँजरीपिपल र बामे गाविसलाई समेटको छ ।
यस्तै छाँयाक्षेत्र नगरपालिकाभित्र छाँयाक्षेत्र, त्रिवेणी, लेखपोखरा र झिम्पे गाविसलाई समेटको छ । यस्तै कपुरकोट नगरपालिकाभित्र धनवाङ, फलावाङ र रिम गाविस रहेका छन् ।
यस्तै बागचौर नगरपालिकामा बाँफुखोला गाविसलाई थप्न समेत निणर्य भएको राप्रपा नेपालका अध्यक्ष मनोज सिंहले जानकारी दिए । सल्यानमा यसअघि २ नगरपालिका घोषणा भइसकेका छन् । -दिपक शर्माबाट
Post a Comment