Headlines News :
Home » » घोराहीमा १२ अर्ब लाग्ने भनिएको चक्रपथ निर्माण विधिमै अलमल पारियो

घोराहीमा १२ अर्ब लाग्ने भनिएको चक्रपथ निर्माण विधिमै अलमल पारियो

Written By Unknown on Tuesday, April 5, 2016 | 5:50 AM


घोराही, २३-चैत्र । दाङको घोराही नगरपालिकाको ११ वटै वडालाई छुने गरी थालिएको चक्रपथ निर्माणको काम लामो समय देखि रोकिएको छ । करीव १२ अर्ब खर्च लाग्ने अनुमान गरिएको चक्रपथ निर्माण प्रक्रिया कुन विधिबाट योजना अघि बढाउने भन्ने निश्चित नहुदा काम रोकिएको हो ।

चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको ६ वर्ष विति सक्दा समेत अहिले सम्म विधिमै अलमल रहेको छ । चक्रपथको योजना अघि बढाउँदा एकीकृत जग्गा विकास कार्यक्रम विधिबाट बनाउने भनेर नगरपालिकाले सोँच बनाएको थियो । त्यहि अनुरुप काम गर्दा ५१ प्रतिशत उपभोक्ताहरुको सहमति चाहिन्छ ।



चक्रपथ निर्माणका लागि वडा नम्बर एक बाट काम सुरु गरे लगत्तै त्यहाँका केही उपभोक्ताहरुले चक्रपथ निर्माणको विरुद्ध मुद्दा दायर गरेपछि सम्पूर्ण प्रक्रिया रोकिएको छ । २०६६ माघ १० गते घोराही नगरपालिकामा भएको सर्वपक्षिय भेलाले घोराही नगरपालिकाका सबै वडा समेट्ने गरी चक्रपथ बनाउने योजना अघि सारेको हो ।

पूर्व नगर उप प्रमुख दामोदर अधिकारीको अध्यक्षतामा २८ सदस्यीय उपभोक्ता समिति समेत बनेको छ । नगरपालिकाले वर्षेनी पाँच लाख देखि २० लाख रुपैयाँ सम्म बजेट विनियोजन गरिरहेको छ । करीव २८ किलोमिटर लम्वाई रहेको प्रस्तावित चक्रपथ निर्माणका लागि करीव १२ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

चक्रपथ निर्माणका लागि नगरपालिकाले नक्सांकनको काम समेत गरिसकेको कार्यकारी अधिकृत तुफानसिंह केसीले बताए । उपभोक्ता समितिका अध्यक्ष दामादेर अधिकारीले जग्गा प्राप्तिमा सबैभन्दा बढी समस्या देखिएको बताए । सबैबाट सहमती लिन निकै गाह्रो भएको र अब सहमति भइसकेका ठाउँमा ट्रयाक खोल्दै अघि बढ्ने योजना रहेको उनको भनाई छ । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger