Headlines News :
Home » » तुलसीपुरका रिक्सा चालकहरु पुन: आन्दोलित

तुलसीपुरका रिक्सा चालकहरु पुन: आन्दोलित

Written By Unknown on Monday, April 4, 2016 | 5:26 AM


तुलसीपुर २२ चैत्र । आफ्नो माग प्रति सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै तुलसीपुरका रिक्सा मजदुरहरु आन्दोलित भएका छन् ।

एक हप्ता अगाडि आफुले बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाएपनि स्थानिय सरोकारवाला निकायबाट सनुवाई नभएकाले भन्दै आज तुलसीपुरको वीपी चोकमा कोण सभा गरेका छन् ।



कोणसभामा मजदुरहरुले मागलाई वेवास्ता गरिए सबै मजदुर संगठीत भई आन्दोलनमा उत्रने सक्ने चेतावनी दिएका छन् । ठेला रिक्साचालक मजदुर समिति तुलसीपुरका अध्यक्ष बुद्धि विसीले ठेला रिक्सा पार्कीङ गर्ने स्थान नहुँदा समस्या भएको बताउनुभयो ।

स्थानिय प्रशासनले रिक्साहरुको लागी पार्किङको व्यवस्था नगरेको, वस ट्रक,टयाक्टरलगायतका अन्य सवारी साधनले पसल र गोदाममै पुगेर रिक्साले वोक्ने मालसमान लोड गर्दा रिक्सा चालकहरु मारमा परेको भन्दै ती माल समानहरु रिक्साले नै गाडी पार्किङ स्थल सम्म लैजान पाउनु पर्ने लगायतका माग सहित एक हप्ता अगाडि उनीहरुले तुलसीपुर नगरपालिका, ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयमा मागसहितको ज्ञापन पत्र बुझाएका थिए । khabartokariबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger