|
|
घोराही, २२-चैत्र । गएको असोज मसान्तमा सकिनु पर्ने सडक फराकिलो पार्ने कामले दाङको घोराहीमा बल्ल गति लेला जस्तो देखिएको छ । कटुवाखोला देखी तुलसीपुर चोक सम्मको सडकलाई ३० मिटर चौडा बनाउने गरी ठेकेदार कम्पनीले कामलाई तिब्रता दिएको छ ।
बिस्तार गरिने सडकमा रहेका रुख, बिद्युत पोल तथा भवनहरुलाई व्यवस्थापन गर्न सुरु भए सँगै सडक बिस्तारले गति लिन थालेको हो । अहिले ट्राफिक चोकमा रहेका रुखहरु काट्ने काम भैरहेको छ ।
फराकिलो पार्ने क्षेत्र सम्म सडक बिस्तार गर्ने काम जारी रहदा रुख तथा विद्युतका पोलहरु नहटाउदा काममा ढिलाई भएको थियो । अहिले रुखहरु काट्नका लागि ठेक्कापट्टा मार्फत काम तिब्र गतिमा भैरहेको र बिद्युत पोलहरुलाई सार्ने काम पनि छिट्टै हुने मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका इन्जिनियर कल्पना अधिकारीले जानकारी दिईन ।

यसैबिच विद्युत पोलहरु हटाउने बिषयमा विद्युत प्राधिकरण र सडक बिच लामो समय सम्म सवाल जवाफ हुदा कामले गति लिन सकेको थिएन । बिद्युतले पोलहरुहटाउने पैसा नभएको बताउने र सडकले त्यसको व्यवस्थापन गर्ने जिम्मा विद्युतकै भएको भन्ने गर्दा काममा ढिलाई हुदै आएको थियो । तर अन्तत विद्युतका पोल तथा तारहरु पुरानै प्रयोग गर्ने र त्यसको व्यवस्थापन सडकले नै गर्ने भएको छ ।
अहिले भैरहेको सडक बिस्तारको काम गएको असोज ३० गते नै सकिनु पर्ने थियो । २०७१ भदौ ११ गते देखी २०७२ असोज ३० गते सम्म सडक फराकिलो पार्ने गर्ने गरि कान्छाराम शंकरमाली जेभी सँग सम्झौता भएको थियो । तर फराकिलो पार्ने, पर्खाल लगाउने काममा घोराही क्षेत्रमा ८१ लाख ९५ हजार
रुपैयाँको मात्रै काम भएको थियो ।
सडक विभागले चालु आर्थीक बर्षका लागि घोराहीमा ६६ लाख रुपैयाँ बिनियोजन गरेको छ । अब घोराहीको फराकिलो पार्ने सडकको काम आगामी असर मसान्त अर्थात चालु आर्थीक बर्ष भित्रै सक्नुपर्ने छ । निमुसंगम घर्ती, तुलसीपुर अनलाइनबाट

Post a Comment