|
|
दाङ,२४-चैत । वालिकालाई वलात्कार गरेको अभियोगमा दाङमा एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार दिउसो घरमा टिभि हेर्न आएकी १३ बर्षीया वालिकालाई १५ बर्षीय ती वालकले वलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रेमबहादुर खड्काले जानकारी दिए ।
वलात्कृत वालिकाले घरमा गएर आमालाई घटना भनेपछी बालिकाको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले आरोपित बालकलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
पीडित बालिकाको राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । तुलसीपुर अनलाइनबाट साभार
Post a Comment