|
|
टोपबहादुर विदेश जाँदा गर्भमा रहेकी छोरी अहिले चार वर्षकी भइसकिन्, तर बुबाको घर फर्किने कुनै टुङ्गो छैन । ‘मेरा बुबा को हो ? अनि कहाँ हुनुहुन्छ ?’ चार वर्षकी छोरी लक्ष्मी यही प्रश्न सोधिरहन्छिन आमासँग । ‘हाम्रो बिहे दर्ता नै भएकाले उसको जन्मदर्ता पनि भएको छैन’ पवित्राले भन्नुभयो ‘ स्कूल जाने बेला भइसक्यो अब के गर्ने ?
कुवेत गएको दुई वर्षसम्म त फोनसँगै पैसा पनि आउँदै थियो घरमा । ४/५ महिनामा ८० देखि ९० हजार रुपैयाँ गरेर १ लाख ६० हजार रुपैयाँ पनि पठाउनुभयो । तर त्यसपछि उहाँको फोन बिस्तारै कम हुँदै गयो । ‘दुई वर्ष भयो न फोन गर्नुभयो, न त पैसा नै पठाउनुभयो’ पवित्राले भन्नुभयो ‘अहिले त पहिलाको नम्बर पनि चेन्ज गर्नुभएछ क्यारे फोन नै लाग्दैन ।’
पवित्रा श्रीमानलाई घर फर्कादिन आग्रह गर्दै अहिले बिभिन्न संस्थामा धाइरहनुभएको छ । तर टोपबहादुर आफना श्रीमान हुन भनेर देखाउने प्रमाण चाहिँ उहाँसँग छैन । ‘हामी दुईको सम्बन्धको प्रमाण यही छोरी हो’ छोरीतिर देखाउँदै पवित्राले भन्नुभयो ‘बिहे गरेको प्रमाण नै छैन, कसरी श्रीमानलाई घर फर्काइदेउ भनौं ।’
श्रीमान जस्तै परिवारले पनि फरक व्यावहार गरेजस्तो लागेर पवित्रा अहिले अलग्गै बस्नुभएको छ । पवित्राको आग्रहपछि सूचना केन्द्रले टोपबहादुरलाई सम्पर्क गर्यो । ‘म यहाँ दुई वर्षदेखि अवैधानिक भएर बसेको छु त्यही भएर फोन गर्न नपाएको हो’ टोपबहादुरले सूचना केन्द्रका परामर्शदाता वसन्ता पुनसँग भन्नुभएको छ, ‘एक त अवैधानिक भएर लुकिलुकी बस्नुपरेको छ अर्कोतिर श्रीमतीलाई राम्रोसँग फोन चलाउन पनि आउँदैन ।’
परिवार श्रीमतीका गुनासा सुनाइदिएपनि टोपबहादुरले दसैं अघि नै घर फर्किन्छु भन्नुभएको छ । ‘अबको १५ दिनमा पैसा पनि पठाउँछु भन्नुभएको छ’ परामर्शदाता वसन्ता पुनले भन्नुभयो । योगेन्द्र बस्नेत, dangkhabarबाट साभार
Post a Comment