|
|
दाङ चैत्र २० । जिल्ला प्रहरी कार्यालय दाङले विष्णु महराको हत्यामा संलग्न रहेको आरोपमा गाडीसहित २ जनालाई पक्राउ गरेको छ । घटना घटेको २४ घण्टाभित्र घटनामा संलग्न रहेका २ जना र ४८ घण्टामा गाडी पक्राउ गरेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।
आरोपीले आफूले महरालाई १५ लाख भन्दा बढि रकम तिर्नुपर्ने भएपछि अपहरणको शैलीमा उनको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । घटनाको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत् ३ दिनभित्रै सार्वजनिक गर्ने भन्दै निमित्त प्रहरी प्रमुख शर्माले आरोपीको नाम र गाडीको नम्वर गोप्य राखेको जनाउनुभयो ।
आरोपी व्यक्ति विगतदेखिनै आपराधिक गतिविधिमा संलग्न रहदै आएको प्रहरीले दाबी गरेको छ । रोल्पाको जेलवाङ गाविस–१ घर भई हाल घोराही नगरपालिका ६ रझेना निवासी करिव ३७ वर्षका विष्णुबहादुर महराको शव चैत्र १६ गते बिहान घोराही नगरपालिस्थित चौघेरा नजिकै डबरी भन्ने स्थानमा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न ५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।ओपेन्द्र बस्नेत, dangkhabarबाट
Post a Comment