|
|
क्रान्तिकारी कम्युनिष्टहरु फुटेर सकिन लागेको भन्दै त्यसलाई गोलबन्द गराउने उदेश्यले नयाँ बिचारको सुरुवात सँगै पार्टी घोषणा गरिएको सुदर्शनले बताए । माक्स, लेनिन र माओबादका सिद्धान्तलाई अंगाल्दै क्रान्तिकारी कम्युनिष्टहरुको एक ढिक्का बनाउन नयाँ पार्टी कम्युनिष्ट न्यूक्लियस नेपालले उदेश्य राखेको उनको भनाई छ ।
२०७२ साल बैशाख ३ गते एकीकृत नेकपा माओबादी पार्टीमा राजिनामा बुझाएका सुदर्शनले पुस १७ गते पार्टी त्यागेको घोषणा गरेका थिए । पछिल्लो सयममा कम्युनिष्टहरु विभाजन उन्मूख भएको भन्दै उनले क्रान्तिकारी कम्युनिष्ट पार्टी पूर्नःनिर्माण नै आफुहरुको पहिलो उदेश्य रहेको बताए ।
साथै बैज्ञानिक समाजबादी क्रान्तिमा पुग्न, विभिन्न कालखण्डका उपलब्धीलाई संस्थागत गर्न आफुहरु सकृय हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पुष्पकमल दाहाल र बाबुराम प्रति निकै आक्रामक देखिएका सुदर्शनले प्रचण्ड र बाबुराममा कुनै फरक नरहेको टिप्पणी गरे ।
प्रचण्ड, बाबुरामले जनतालाई धोका दिएको उनको आरोप छ । मोहन बैद्य र नेत्रबिक्रम बिप्लव सँग भने जनताका मुद्धामा केही नजिक रहेको सुदर्शनको भनाई छ । अब आफ्नो पार्टीले केन्द्र देखी स्थानिय तह सम्म संरचना बनाउदै लैजाने समेत उनले बताए ।
अहिले २ सदस्य पछि थप गर्ने गरि ९ सदस्यिय पार्टीको निर्माण गरिएको बताइएको छ । साथै कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन संयोजक सुदर्शनको संयोजकत्वमा ५ सदस्यीय बार्ता समिति पनि गठन गरेको सो पार्टीले जनाएको छ । -तुलसीपुर अनलाइनबाट
Post a Comment