Headlines News :
Home » » राप्ती कुखुरा बजार ब्यबस्थापन समितिले भारतबाट कुखुरा आयत बन्द गर्यो

राप्ती कुखुरा बजार ब्यबस्थापन समितिले भारतबाट कुखुरा आयत बन्द गर्यो

Written By Unknown on Tuesday, April 5, 2016 | 11:05 PM


घोराही, २४-चैत्र । राप्ती कुखुरा बजार ब्यबस्थापन समितिले दाङको देउखुरी, प्यूठान र रोल्पामा भारतबाट कुखुरा आयत बन्द गरेको छ ।

राप्ती कुखुरा ब्याबसायिक समितिको प्यूठानमा भएको भेलाले यि क्षेत्रहरु कुखुरा जन्य बस्तुहरुमा आत्म निर्भर भएको भन्दै अब भारतबाट कुखरा आयतमा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै समितिले पहिलो पटक प्यूठान, रोल्पा र दाङ देउखुरीका लाग तयारी कुखुराको खुद्रा मुल्य समेत निर्धारण गरेको छ । समितिले तिन वटै क्षेत्रका लागि बजार ब्यवस्थापन समिति गठन गरी प्रतिकिलो १ सय ९० देखी २ सय २० रुपैयाँ सम्म कुखुराको मासुमा खुद्रा मुल्य तोकेको हो ।

समितिले प्यूठानका लागि प्रतिकिलो २ सय १०, रोल्पाका लागि २ सय २० र देउखुरीका लागि १ सय ९० रुपैयाँ मुल्य निर्धारण गरेको समितिका प्यूठान बजार ब्यबस्थापक धर्मराज पण्डितले जानकारी दिए ।

त्यस्तै समितिले रोल्पामा साजन थापा र देउखुरीमा बसन्त गिरीलाई बजार ब्यबस्थापकको प्रतिनिधिका रुपमा चयन गर्दै सो क्षेत्रहरुमा जिल्लामै उत्पादन भएको कुखुराको मासु खपत गर्नुपर्ने निर्णय समेत गरेको छ । त्यस्तै समितिले मध्यपश्चिम क्षेत्रमा अबैधरुपमा भारतबाट कुखुराहरु भित्र्याउने र नेपाली कुखुरा भन्दै बिक्रि गर्ने गरेको भन्दै तत्काल सो कार्य रोक्न माग समेत गरेको छ ।



ाजन थापा र देउखुरीमा बसन्त गिरीलाई बजार ब्यबस्थापकको प्रतिनिधिका रुपमा चयन गर्दै सो क्षेत्रहरुमा जिल्लामै उत्पादन भएको कुखुराको मासु खपत गर्नुपर्ने निर्णय समेत गरेको छ । त्यस्तै समितिले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै मध्येपश्चिम तथा यस आसपास क्षेत्रमा अबैध रुपमा भारतबाट कुखुराहरु भित्राउने र नेपाली कुखुरा भन्दै बिक्रि गर्ने गरेको भन्दै तत्काल सो कार्य रोक्न माग गरेको छ ।

ब्याबसायिहरुले कुखुरा जन्य बस्तुमा आत्म निर्भर भएको दावि गर्दै भारतबाट आयतहुने कुखुराको आयात बन्द गर्नका लागि स्थानिय प्रसासन र जिल्ला पशु सेवा कार्यालयलाई सहयोग गर्न समेत आग्रह गरेका छन । कुखुरा ब्याबसायिकहरुले पहिलो पटक तयारी कुखुराको खुद्रा मुल्य निर्धारण गरेको पण्डितले जानकारी दिनुभयो । यस भन्दा पहिला मुल्यमा एक रुपता नहुदा समस्या देखिने गरेको समितिको दावि छ । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger