|
|
दाङ चैत्र २४ । स्थानीयहरुको बिरोधका कारण नगरपालिका थप्ने योजना केही समयका लागि स्थगीत गरिएको जिविस दाङले जनाएको छ ।
दाङका १२ वटा गाविसलाई मिलाएर ४ वटा नगरपालिका थप्ने योजना अगाडि सारेको समयका केही स्थानबाट आएको बिरोधका कारण केही समयका लागि उक्त योजनालाई स्थगीत गरेको जिविसले जनाएको छ ।
जिविसका सूचना अधिकृत कृष्ण केसीले जिल्लाका डुरुवा, लालमटियालगायतका स्थानहरुबाट बिरोध आएपछि उक्त योजनालाई निर्णयार्थ गाविसमा पठाएको जानकारी दिनुभयो ।

‘जिल्लास्तरमा सर्वदलिय छलफल गरेर जिल्लाका १२ वटा गाविसलाई मिलाएर ४ वटा नगरपालिका थप्ने निर्णय गरेका थियौं’, केसीले भन्नुभयो, ‘केही स्थानबाट बिरोध आएपछि उक्त प्रस्तावलाई गाविसस्तरमा निर्णय गरेर ल्याउन भन्दै गाविस सचिवहरुलाई जिम्मा दिएको छौं ।’
गाविसस्तरमा सर्वदलिय छलफलबाट नगरपालिका घोषणाको विषयलाई निर्णय सचिवहरुलाई यही चैत्र मसान्तसम्मको समयावधी दिएको भन्दै सूचना अधिकृत केसीले जुन स्थानबाट सकारात्मक जवाफ आउँछ, त्यही क्षेत्रको सिफारिस गरेर पठाउने बताउनुभयो ।
यसपूर्व जिल्लामा भएको सर्वदलिय बैठकले जिल्लामा चारवटा नगरपालिका थप्ने प्रस्ताव केन्द्रमा पत्राचार गर्ने निर्णय पनि गरेको थियो । जिल्लामा गढवा, राप्ती, बबई र हापुरे नगरपालिका बनाउने भनि बैठकले निर्णय गरेको थियो ।
बैठकले क्षेत्रनम्वर १ का गढवा, गंगापरस्पुर र वेला गाविस मिलाएर गढवा नगरपालिका बनाउने, क्षेत्रनम्वर २ का लालमटिया, सिसहनिया र हाँसिपुर गाविस मिलाएर राप्ती नगरपालिका, क्षेत्रनम्वर ४ का मानपुर, विजौरी र डुरुवा गाविसलाई मिलाएर बबई नगरपालिका बनाउने निर्णय गरेको थियो ।
त्यस्तै क्षेत्रनम्वर ५ का बागमारे, पंचकुले र पुरन्धारा गाविसलाई मिलाएर हापुरे नगरपालिका बनाउने निर्णय जिविसको बोर्ड बैठकले गरेको थियो । दाङखबरबाट साभार
Post a Comment