|
|
तुलसीपुर, २५-चैत । दाङमा चैत १६ गते मृत फेला परेका विष्णु महराको हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा विहीवार पत्रकार सम्मेलन गरि ३८ वर्षीय महराको गाडिले किचेर विभत्स ढंगले गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएको हो ।
महराको हत्या लेनदेनको विषयलाई लिएर भएको प्रहरीले बताएको छ । महराको हत्या मालिका कालिका प्रालि घोराहीका बुकिङ काउन्टरका इञ्चार्ज एवं दाङ सौंडियार ३ निवासी २९ वर्षीय ‘मिहाल’ भनेर चिनिने खिमबहादुर डाँगीले गाडिले किचेर गरेको जिल्ला प्रहरी प्रवक्ता प्रकास शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महराको हत्या लेनदेनको विषयलाई लिएर भएको प्रहरीले बताएको छ । महराको हत्या मालिका कालिका प्रालि घोराहीका बुकिङ काउन्टरका इञ्चार्ज एवं दाङ सौंडियार ३ निवासी २९ वर्षीय ‘मिहाल’ भनेर चिनिने खिमबहादुर डाँगीले गाडिले किचेर गरेको जिल्ला प्रहरी प्रवक्ता प्रकास शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
डिएसपी शर्माका अनुसार महरावाट डाँगीले व्यक्तिगत रुपमा १५ लाख रुँपैया सापटी स्वरुप लगेको त्यहि रकमका कारण उनको हत्या भएको खुल्न आएको बताए । महराले मालिका –कालिका प्रालिको गाडि किन्ने भनेर विमा वाफत आवश्यक पर्ने ५ लाख रुँपैया दिनुपर्नेमा हत्याको अभियोग खेपेका डाँगीले १५ लाख रुँपैया लगेका थिए ।
उक्त कुरा महराले कास्किको पोखरामा हालै भएको मालिका–कालिका प्रालिको सार्वजनिक बैठकमा भनेपछि १० लाख रुँपैया फिर्ता गर्नु पर्ने भएपछि हत्या गरेको प्रहरीले जानकारी दिएको हो । रोल्पा जेदवाङ ३ स्थाइ घर भइ हाल आफन्तकोमा बस्दै आएका महराको हत्यागर्न आरोपित डाँगीले घोराही ११ निवासी निर्माण व्यवसायी पदम शर्माको वा ९ च २९३ नम्वर टोयटा हाइलक्स गाडि प्रयोग गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रहरीका अनुसार डाँगीले निर्माण व्यवसायी शर्मा संग एक घन्टामा गाडि आवश्यक परको छ भन्दै चैत १५ गते साँझ ८ बजेतिर उनको गाडि लगेको भएपनि दोस्रो दिन सम्मपनि फिर्ता गरेका थिएनन् । डाँगीले महरालाई गाडिले च्यापेर घाइते बनाएपछि पटक ÷पटक ब्याक गरेर हत्या गरेको देखिन आएको प्रहरीले बताएको छ ।
डाँगीले उक्त गाडि दाङको धर्नामा आगलागी भएको स्थानमा लगेको समयमा प्रहरीले गाडि सहित पक्राउ गरेको जानकारी दिएको छ । हत्या गरिएका महराले मालिका –कालिका प्रालिको गाडि किन्ने तयारी गरिहेको समयमा उनको हत्या भएको प्रहरीले बताएको छ ।
महराको हत्या लागु औषध ख्वाएर लठ्ठ पारेर भएको हो वा मदिरा ख्वाएर हत्या भएको भन्ने स्पष्ट पार्नको लागि उनको रगतको रिपोर्ट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । हत्याका आरोपित डाँगीलाई म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर अनलाइनबाट साभार
Post a Comment