|
|
चैत २५, काठमाडौँ । तपाई कुखुराको मासु किनेर ल्याएपछि धोएर पकाउने गर्दै हुनुहुन्छ भने होसियार ! मासु धोएर पकाउने बानी परिसकेको छ भने आजै देखि छोडिदिनुस् । किनकि बैज्ञानिकहरुले कुखुराको मासु धोएर नपकाउन आग्रह गरेका छन् ।
कुखुराको मासु धुँदा क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त बनाउने उनीहरुको भनाइ छ । द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार अधिकाँश कुकहरुले पकाउनु अघि कुखुराको मासु धुने गरेको तथ्याङ्क रहेको भन्दै यसो नगर्न चेतावनी दिएको हो ।
बैज्ञानिकहरुले वर्षेनी देखिने क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया मुख्यतः कुखुराको मासुबाट नै फैलिएको समेत बताएका छन् । यो क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, वान्त हुने लगायतका समस्या गराउने गर्छ ।
मानिसहरुले कुखुराको मासु किनिसकेपछी धोएर पकाउने कुरालाई दृष्टीगत गरेर यो चेतावनी जारी गरिएको शोधकर्ता बैज्ञानिकहरुले बताएका छन् ।-एजेन्सीको सहयोगमा
Post a Comment