|
|
चैत्र २५ सल्यान । सल्यानमा वनको डढेलो वस्तीमा फैलदा ३ घर र २ गोठ जलेर नष्ट भएका छन् ।
धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट हिजो दिउँसो शुरु भएको डढेलो साँझ पख वडा नम्बर ५ को वस्तीमा पस्दा सार्की भण्डारि, लोक ब भण्डारि र ठग ब भण्डारिको ३ घर र २ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट हिजो दिउँसो शुरु भएको डढेलो साँझ पख वडा नम्बर ५ को वस्तीमा पस्दा सार्की भण्डारि, लोक ब भण्डारि र ठग ब भण्डारिको ३ घर र २ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गोठमा भएका गोरु र बाख्रा पनि जलेका छन् । कतीपय गाइगोरु दाम्लो चुडाएर जंगलतीर भागेका छन् । क्षतीको पूर्ण विवरण नआएपनि घर जलेर नष्ट हुँदा ३२ लाख भन्दा बढि क्षती भएको अनुमान स्थानीयको छ ।
मुचुल्का उठाउनका लागी कपुरकोट प्रहरी चौकीबाट एक टोलि केहिबेरमा आगलागीस्थलतर्फ जानलागेको प्रहरी सहायक निरिक्षक झक बहादुर कवरले जानकारि दिए ।
वडा नम्बर ५ को वस्ती र एक खुट्ट् सालडाँडा सामुदायीक वनमा लागेको डढेलो प्रहरी, स्थानीय र नेपालि सेनाको ठूलो प्रयासमा राती नियन्त्रणमा आएको थियो । कालिजंग सामुदायीक वनमा भने रातभर आगो लागेको छ ।
प्रहरीले स्थानीयलाइ घरको सामान निकालेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो । स्थानीयहरु त्रसित भएर रातभर जाग्राम बसेका छन् । आगो अझै पनि पूर्ण रुपमा नियन्त्रणमा नआएको खबर छ । भिरालो जमिन र रातको समय भएकाले डढेलो निभाउन कठिन भएको थियो ।
ढडेलोले वन जंगालमा भएका महत्पूर्ण वनस्पती, विभिन्न वन पैदावार, जन्यजन्तुलाइ पनि जलाएर नष्ट पारेको छ । हिजो दिउँसो करिव २ बजेबाट शुरु भएको डढेलो कसरि र कस्ले लगायो भन्ने खुलेको छैन । -शंकर के.सीबाट
Post a Comment