|
|
चैत २५, काठमाडौँ । विशवभर एकसाथ तरंग ल्याएको पनाना पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम सार्वजनिक भएको छ ।
खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र ललगानी गर्न खोजिएका कम्पनीको नामसमेत उल्लेख गरिएको छ ।
खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र ललगानी गर्न खोजिएका कम्पनीको नामसमेत उल्लेख गरिएको छ ।
आईसीजेले सार्वजनिक गरेकामध्ये सिद्धि भवन कान्तिपथका विजेन्द्र जोशीको पहिलो नाम उल्लेख गरिएको छ । उनले वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि कम्पनीका टु्याक्स हेभनमा दर्ता गराएको उल्लेख छ । यस्तै विराटनगर–९ मोरङका विजेशकुमार तोडी अग्रवालले भने उडस्टोक युनिभर्सल लिमिटेड कम्पनी दर्ता गरी कर छल्ने नियतले लगानी गरिरहेको देखिएको छ ।
यसै प्रकरणसँग जोडिएका अर्का नेपाली सिद्धि भवन कान्तिपथ बस्ने विमलकाजी ताम्राकार हुन् । उनले हिमालय इन्भेस्टमेन्ट ग्रुप लिमिटेड र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि नाम गरेका दुई कम्पनीमार्फत कर छली गरी लगानी गरेको जनाइएको छ ।
ठैब–७ ललितपुरकी विनु श्रेष्ठ पनि यस प्रकरणमा जोडिएकी छन् । उनले भने बेलउड एक्रेस लिमिटेड कम्पनीमार्फत कर छलीको हर्कत गरेकी हुन् । अर्का सिद्धिसदन नेपालटार बालाजु बस्ने विश्वनरसिंह थापाले हिमालयन इन्भेस्टमेन्ट ग्रुप लिमिटेड, सिद्धिभवन कान्तिपथका विश्वधर तुलाधरले वल्र्ड डिस्टिब्युसन नेपाल प्रालि र हिमालयन इन्भेस्टमेन्ट ग्रुप लिमिटेड नामक दुई कम्पनीमार्फत कर छली गर्न लगानी गरेको आईसीआईजेले जनाएको छ ।
यस्तै ललितपुर उपमहानगरपालिका–२ बस्ने डा. श्यामबहादुर कर्माचार्यले सुर्गी इलेक्ट्रोमिडिका लिमिटेड, विराटनगर–९ मोरङका हरिसकुमार तोडङ्गीले उडस्टोक युनिभर्सल लिमिटेड कम्पनी दर्ता गरेको उल्लेख गरिएको छ । प्राध्यापक सत्येन्द्रकुमार गुप्ता र राजेन्द्रकुमार काब्राको भने आईसीआईजेले ठोगाना र कम्पनी खुलाएको छैन ।
चुनदेवी–४ काठमाडौँकी रेनेका प्रधानले रेस्ट पार्क क्यापिटल इंक, शक्रपथ काठमाडौँकी रेखा काब्राले फ्राग्रान्स टाउन लिमिटेड र शिवकुञ्ज बत्तीसपुतली ठेगाना उल्लेख गरिएका शशीकान्त अग्रवालले मल्टी लिंक ट्रेडिङ लिमिटेड नामक कम्पनी बनाएको सार्वजनिक विवरणमा खुलाइएको छ ।
कर छल्ने नियतका साथ काम गर्ने नेपालीहरुमा चर्चित पात्र नभएको देखिन्छ । यी व्यक्तिहरु कुन घरानासँग जोडिएका छन् भन्ने विवरण भने बाहिर आउन काँकी छ । -नेपाल समाचारपत्र दैनिक
Post a Comment