Headlines News :
Home » » भारतीय भूमिबाट सल्किएको आगोले दाङ राजपुर गाबिसमा १० घर जलेर खरानी

भारतीय भूमिबाट सल्किएको आगोले दाङ राजपुर गाबिसमा १० घर जलेर खरानी

Written By Unknown on Sunday, April 10, 2016 | 10:36 PM


घोराही-२९, चैत्र । दाङको नेपाल भारत सिमानाका अन्तर्गत राजपुर गाबिस ९ को भैसाही नाकामा आगलागि हुदा १० घर जलेर नष्ट भएको छ ।

भारतीय भुमिको जंगलबाट आएको डढेलो नेपाली बस्तीमा पस्दा १० घर जलेर नष्ट भएको प्रारम्भिक जानकारी रहेको छ ।



भैसाही नाकाको खिक्रि टोलका बलबहादुर खड्काको घरमा पहिले आगो सल्कीएको र अन्य ९ घर पनि पूर्णरुपले जलेको स्थानिय अमृत खड्काले जानकारी दिएका छन् । आगलागिबाट भएको क्षतिको एकीन बिबरण आउन सकेको छैन् ।

आगो नियन्त्रणमा आउन नसकेको र भैसाही प्रहरी चौकीबाट नेपाल प्रहरी घटना स्थल तर्फ हिडेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी प्रकाशराज शर्माले जानकारी दिए ।

भैसाही प्रहरी चौकीबाट आगलागि स्थलमा पुग्न करिब ५ घण्टा बढी समय लाग्ने बताइएको छ । हरियो स्याउला र माटोले आगो निभाउने प्रयास भए पनि नसकिएको स्थानियको भनाई छ । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger