|
|
विजुली, माझकोट, बांगेशाल, लिघा, तोरवाङ, लुङ, कोचिवाङ, रजवारा, अर्खा र दाङवाङ गाविसको दैनिक प्रशासनिक कामकाज संचालन गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख गरिएको छ । दोहोरो गाविसको जिम्मेवारी सम्हाल्दै आएका गाविस सचिवहरुले आफ्नो मागको सुनुवाई नभएपछि दोहोरो जिम्मेवारी नहेर्ने बताएपछि यस्तो निर्णय गर्न बाध्य भएको स्थानीय विकास अधिकारी रेग्मीले बताएका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र प्यूठानको आईतवार बसेको बैठकले अवदेखि दोहोरो गाविसको जिम्मेवारी नसम्हाल्ने निर्णय गरेको केन्द्रका अध्यक्ष पुष्पराज थापाले जानकारी गराए । कार्यसम्पादनको आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन माग गरेपनि मन्त्रालयले यसलाई अस्विकृत गरेपछि यस्तो निर्णय गर्न बाध्य भएको उनको भनाई छ ।
‘कामको आधारमा सचिवहरुलाई प्रोत्साहन भत्ता दिनुपर्छ’,उनले भने,‘धेरै काम थोरै तलवमा गर्न सकिन्न ।’ दोहोरो जिम्मेवारी सम्हालेका सवै गाविस सचिवहरुले जिम्मेवारी नलिने लिखित जानकारी गराउँदै गाविसको छाप, लेडरप्याड स्थानीय विकास अधिकारीलाई बुझाएको समेत उनले बताए ।
आफूहरुको माग पुरा नभए आगामी वैशाख १५ गतेदेखि गाविस अध्यक्षको जिम्मेवारी समेत नलिने आन्दोलनरत गाविस सचिवहरुले चेतावनी दिएका छन् । सचिवहरुको आन्दोलनवारे केन्द्रलाई लिखित जानकारी गराइएको स्थानीय विकास अधिकारी रेग्मीले बताएका छन् ।
मन्त्रालयको परामर्श अनुसार आवश्यक पहल अगाडी बढाउने उनले बताए । रिक्त रहेका सवै गाविसहरुको बैंक खाता समेत रोक्का गरिएको उनले जानकारी दिए । केशर रोका, तुलसीपुर अनलाइनबाट
Post a Comment