Headlines News :
Home » » राप्ती समितिले दैनिक १ सय ६० यात्रुलाई निशुल्क यात्राको अवसर दिने, यस्तो छ प्रकृया !

राप्ती समितिले दैनिक १ सय ६० यात्रुलाई निशुल्क यात्राको अवसर दिने, यस्तो छ प्रकृया !

Written By Unknown on Sunday, April 10, 2016 | 10:13 PM


तुलसीपुर-२९ चैत । नयाँ वर्षको सुरुवात संगै राप्ती अंचल सार्वजनिक यातायात व्यवासयी समितिले यात्रुलाई मध्यनजर गर्दै टिकेटमा चिठ्ठा योजना सुरु गर्ने भएको छ ।

२०७३ सालको वैशाख एक गते अर्थात बुधवार देखि टिकेटमा चिठ्ठा स्किम दिन सुरु गरिने राप्ती समितिले जनाएको छ । राप्ती समितिले चिठ्ठा स्किम दिन सुरु गरेमा दैनिक एक सय ६० यात्रुले दाङ–काठमाडौंको यात्रा निशुल्क गर्न पाउने समितिका अध्यक्ष एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालले जानकारी दिए ।

२०४१ सालमा स्थापना भएको राप्ती समतिले आफ्नो इतिहासमै पहिलो पटक यात्रुको लागि टिकेट स्किम लागुगर्न लागेको हो । यो समिति यातायात क्षेत्रमा राप्तीकै जेठो संस्था हो । समिति स्थापनाको ३२ वर्षपछि यात्रुको सुविधालाई मध्यनजर गर्दै उक्त स्किम दिन सुरु गरिने र अर्काे निर्णय नहुँदा सम्म त्यो जारी रहने अध्यक्ष हमालले बताए ।



हाल एसी, डिलक्स र नर्मल गरि दैनिक २५ वटा रात्रि तथा दिवा वसहरु दाङ–काठमान्डौं र काठमान्डौ बाट दाङका लागि थप २५ वसहरु गरि कुल ५० बसहरु संचालन गर्दै आएको राप्ती समितिले टिकेट काटेका यात्रुलाई गोलापर्था द्धारा निशुल्क यात्रा गर्न पाउने सुविधा थप्न लागेको समितिका अध्यक्ष हमालले जानकारी दिए ।

समितिका अध्यक्ष हमालले भने ‘ हामीले काउन्टरमा सबै खाले वसमा यात्रा गर्न चाहाने यात्रुवर्गका लागि वसको सिट संख्या वरावर चिठ्ठा तान्नका लागि गोला यात्रुले काटेको टिकट अनुसार अलग÷अलग भाँडोमा राख्ने छौं अनि यात्रुले आँफै उक्त चिठ्ठा झिक्ने छन् , उनले तानेको गोलामा निशुल्क लेखेको पाइएमा,उनलाई तत्कालै रकम फिर्ता गरेर निशुल्क सेवाको टिकेट उपलब्ध गराइने छ ।’

राप्ती समितिका सहसचिव शिवहरी गौतमका अनुसार दिवा एसी सहित सातवटा वसका लागि दुई ÷ दुई जनाको दरले १४ जनाले चिठ्ठा मार्फत निशुल्क यात्रा गर्न पाउने छन् । त्यस्तै दुईवटा एसी, एउटा डिलक्स नाईटवसमा दुई ÷ दुई जनाको दरले थप ६ जनाले चिठ्ठा तानेर निशुल्क यात्रा गर्न पाउने छन् ।

त्यसैगरी १५ वटा रात्रि वस (नर्मल वस)मा प्रत्येक वसमा चार÷चार जनाको दरले थप ६० जनाले चिठ्ठा तानेर निशुल्क रुपमा दैनिक दाङ–काठमान्डौं यात्रा गर्न पाउने सहसचिव गौमले जानकारी दिए । उनले सोही नियम अनुसार काठमान्डौं वाट दाङ आउने यात्रुलाई पनि समान सुविधा उपलब्ध गराइने जानकारी दिए ।
सबै गरेर दैनिक ८० जनाले दाङवाट काठमान्डौं जाँदा र थप ८० जनाले काठमान्डौं बाट दाङ आउँदा चिठ्ठा तानेर राप्ती समितिका वसमा १ सय ६० जना यात्रुले दैनिक निशुल्क यात्रा गर्न पाउने सह–सचिव गौतमले जानकारी दिए ।

राप्ती समितिले दाङ–काठमान्डौमा संचालन गर्दै आएका वसहरु मध्य एसी वसको भाडादर १ हजार १ सय १५, डिलक्सको ९ सय ५५ र नर्मल वसको ८ सय २८ रुँपैया निर्धारण गरेको छ । नर्मल वसमा ४० सिट, डिलक्स र एसी वसमा समान ३७÷३७ सिट रहेको समितिले जनाएको छ ।

समितिका पदाधिकारीहरुले दिएको जानकारी अनुसार चिठ्ठा स्किममा सिट संख्या अनुसार गोलाको व्यवस्था गरिने छ । सिट क्षमता भन्दा एउटा पनि कम वा वढी गोला चिठ्ठाको लागि नराखिने सहसचिव गौतमले बताए । टिकेक काटेपछि हरेक यात्रुले आफ्नै हातले उक्त चिठ्ठा तान्ने पाउने र निशुल्क लेखेको गोला तान्नेहरुले निशुल्क यात्रा गर्न पाउने व्यवस्था समितिले मिलाएको गौतले जानकारी दिए ।

चिठ्ठाको गोलामा सशुल्क र निशुल्क भन्ने उल्लेख गरिएका दुई थरि गोला मात्रै बाकसमा राखिने समितिले जनाएको छ । नयाँ वर्षको अवसरमा राप्ती समितिले यात्रुको सुविधालाई मध्यनजर गर्दे दिन लागेको निशुल्क (चिठ्ठा स्किम)ले यात्रु वर्ग खुसी हुने अनुमान गरिएको छ । नारायण खड्का, तुलसीपुर अनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger