Headlines News :
Home » » जागिरको लागि आन्तार्बार्ता दिँदै हुनुहुन्छ ? त्यसो हो भने अन्तर्वार्तामा सोधिने १० उट्पट्याङ प्रश्नहरु यस्ता छन् !

जागिरको लागि आन्तार्बार्ता दिँदै हुनुहुन्छ ? त्यसो हो भने अन्तर्वार्तामा सोधिने १० उट्पट्याङ प्रश्नहरु यस्ता छन् !

Written By Unknown on Saturday, April 9, 2016 | 10:33 PM


चैत -२८, काठमाडौँ  । यदि तपाईं बेरोजगार हुनुहुन्छ र ठूला एवम् प्रतिष्ठित कम्पनीमा काम गर्ने चाहना राख्नुहुन्छ भने तपाईंले अन्तवार्ताको सामना गर्नुपर्ने हुन्छ । 



त्यसमा पनि बिषयवस्तुमा सोधे त ठिकै हुन्थ्यो कहिलेकाही यस्ता उट्पट्याङ प्रश्नहरु सोधिन्छन जसको तपाईले सपनामा पनि कल्पना गर्नुभएको हुन्न । कतिपय अवस्थामा रोजगार कम्पनिले पहिले नै उम्मेदवार ठिक पारिसकेको हुन्छ र तपाईको अन्तवार्ता प्रकृया पुराउन मात्र गरिएको हुन्छ भने त्यस्तो अवस्थामा त झनै उट्पट्याङ प्रश्नहरु  मात्रै सोधिन्छन ।

अन्तर्वार्तामा तपाईंले गर्न लागेको काम, तपाईंको व्यक्तिगत कुरा तथा कम्पनीकोबारेमा सोध्नुलाई त प्रकुयाको रुपमा मान्न सकिएला तर बिषयवस्तुसँग असम्वन्धित र असान्धर्विक प्रश्न सोध्नुलाई चाँहि के भन्ने ?यहाँ यस्तै १० वटा नमूना उट्पट्याङ प्रश्न समावेश गरिएको छ । पढेर मजा लिनुस्
१. यदि तपाईंलाई १ करोड रुपैयाँ दिएर २४ घण्टाभित्र त्यसलाई दोब्बर बनाउन भनियो भने तपाईं के गर्नुहुन्छ ?

२. बाटो हिँड्दै गर्दा तपाईंले १ हजार र ५ सय दरका दुईवटा नोट देख्नुभयो, अब भन्नुस् तपाईं कुनचाहीँ टिप्नुहुन्छ ?

३.तपाईंले एकबिहानै आफ्नो फ्रिज खोल्दा अचानक त्यसभित्र भालु देख्नुभयो भने के गर्नुहुन्छ ?

४. मैले तपाईंलाई आफ्नै विजनेस सुरु गर्नका लागि १ अर्ब दिने भएँ, तपाईं तत्काल के व्यवसाय थाल्नुहुन्छ ?

५.काठमाडौंमा हट केक बेच्नका लागि तपाईं कुन फण्डा प्रयोग गर्नुहुन्छ ?

६.यदि तपाईंले आफ्नै गिती एल्बम निकाल्ने हुनुभयो भने त्यसको नाम के राख्नुहुन्छ ?

७. मानौं तपाईं कुनै एक प्रतिष्ठित कम्पनीको सिईओ हुनुहुन्छ, अब भन्नुस् बिहान उठेर सबैभन्दा पहिले विजनेसको कुनचाहीँ कुरा चेक गर्नुहुन्छ ?

८. तपाईंले लगाउनु भएको सर्टमा कतिवटा टाँक छन् ?

९. बाटोमा आउदा आउदै तपाईलाई चारैतिरबाट बाघले घेर्यो, अब तपाईं कसरी बच्नुहुन्छ ?

१०. एउटा कोठामा कतिवटा बास्केटबल अटाउन सक्छ ? नेपालपाटीबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger