|
|
चैत २५, काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको एमाओवादसँग एकीकरण गर्ने कि नगर्ने भन्ने विषयले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विभाजनको खतरा देखा परेको छ ।
एमाओवादीसँग एकता गर्ने सवालमा अधिकांश सदस्यले राय प्रकट गरे पनि नेतृत्व तहमा रहेका अध्यक्ष वैद्य, सिपी गजुरेल र परी थापालगायत केही नेता एकताको पक्षमा खुलस्त नदेखिएपछि पार्टीमा विभाजन खतरा बढेको हो ।
एमाओवादीसँग एकता गर्ने सवालमा अधिकांश सदस्यले राय प्रकट गरे पनि नेतृत्व तहमा रहेका अध्यक्ष वैद्य, सिपी गजुरेल र परी थापालगायत केही नेता एकताको पक्षमा खुलस्त नदेखिएपछि पार्टीमा विभाजन खतरा बढेको हो ।
सोही विषयलाई लिएर पार्टीलाई विभाजन हुन नदिन वैद्य र थापाबीच तीव्रताका साथ गृहकार्य जारी छ । ‘अलग–अलग भएर पार्टी एकीकरण गर्ने होइन, टिम नै मिलेर एकीकरण गर्नुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यले राय प्रकट गरेका छन्’, केन्द्रीय सदस्य हरिभक्त कँडेलले भने, ‘कसरी र कुन आधारमा पूरै टिम एकीकरण प्रक्रियामा सामेल हुने भन्नेबारे नेतृत्व तहमा छलफ जारी छ ।’
माओवादी श्रोतका अनुसार वैद्य, गजुरेल र थापाले एमाओवादीसँग एकता गर्न इन्कार गरे आफ्नो समूह लिएर पार्टी एकीकरणको तयारीमा रामबहादुर थापा लागिपरेका छन् । त्यसका लागि थापाले पार्टीका विभिन्न भातृ संगठनका प्रमुखसहित आफूनिकट नेतासँगको छलफललाई तीव्रता दिइरहेका छन् ।
-नागरिक दैनिक
Post a Comment