|
|
रोल्पा सिमेन्ट प्रालिको ना ६ ख ६६५ नम्बरको १२ चक्के लोड भएको ट्रकको अगाडीको भाग सडक मुनी खसेको छ । ट्रक ठूलो दुर्घटनाबाट बचेको छ ।
गएराती सवा १० बजेतीर मोड सानो भएकाले स्टेरिङ नकट्दा ट्रक फसेको चालक प्रेम थापाले बताए । कपुरकोट बजारमा सडकको तल्लो भाग सबै भासिएको छ । यसले अघिपछि पनि दुर्घटनाको खतरा छ ।
अहिले ट्रकमा भएको २१ टन क्लिङकर अनलोड गरेर जेसीबीको सहयोगमा ट्रक तान्ने प्रयास भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ । सडक खुल्न अझै ३ घण्टा सम्म लाग्न सक्ने प्रहरीले जनाएको छ ।
ट्रक विच सडकमै फस्दा दाङ हुँदै सल्यान, रुकुम रोल्पा जाने र सल्यान, रुकुम रोल्पाबाट दाङतर्फ जाने ८० भन्दा बढि सानो ठूलो गाडी विच सडकमै लाइन लागेका छन् भने यात्रुहरु अलपत्र भएका छन् । ट्रक क्लिङकर बोकेर तनहुको आबुखैरेनी जान लागेको थियो । -शंकर के सीबाट
Post a Comment