Headlines News :
Home » » वैद्य माओवादी केन्द्रीय समिति बैठक: रुवाबासीदेखि गालीगलौजसम्म

वैद्य माओवादी केन्द्रीय समिति बैठक: रुवाबासीदेखि गालीगलौजसम्म

Written By Unknown on Thursday, April 7, 2016 | 8:36 PM


चैत २६, काठमाडौं । ०६९ असारमा एमाओवादीबाट अलग भएका मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) को बैठक रुवाबासीदेखि गालीगलौजले भरिएको छ ।

१२ चैतदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्य र नेता रामबहादुर थापा (बादल) को प्रस्तावमाथि आफ्नो धारणा राखेका नेता खुलेरै गालीगलौजमा उत्रिएपछि बैठक हल नै रुवाबासी र गालीगौजले भरिएको हो ।



एमाओवादीलगायत माओवादी घटकसँगको एकताको विषयमा मतभेद भएपछि नेताबीच रुवाबासीदेखि गालीगलौजसम्म भएको एक केन्द्रीय सदस्यले कमाण्डर पोष्टलाई जानकारी दिए ।

बैठकमा प्रवक्ता पम्फा भुसाल, कुलप्रसाद केसी, हितमान शाक्य, पथिकलगायतले पार्टीको कार्यदिशाबारे अनेक विवादमा फस्नुको साटो तत्काल एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

यहाँसम्म कि नेता बादलको पक्षमा उभिएका कुलप्रसाद केसीले त रुन्चे स्वरमा एकता गर्नुपर्ने भन्दै एकताका लागि तयार हुनुको विकल्प नभएको बताए । ‘यहाँ बसेर न क्रान्ति हुन्छ , न संसदीय राजनीतिमा केही हुन्छ, भविष्य समाप्त हुन्छ, विगतका सबै योगदान र आन्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्छ ।

त्यसैले हामी एकतामा जानै पर्छ,’ बैठकमा उनले भने । दिनेश शर्मा, दिलीपकुमार प्रजापति र पवनमान श्रेष्ठले भने देव गुरुङको विरोध गर्दै पार्टीको पैसाले छोरा डाक्टर पढाउने र अहिले मन्त्री बन्न खुट्टा तान्ने भन्दै कडा रूपमा प्रस्तुत भएर वैद्यको प्रस्तावको पक्षमा समर्थन गरे ।

उनीहरूले नेता गुरुङको खुलेरै विरोध गरेपछि देव गुरुङकी श्रीमती तथा पार्टी पोलिटब्युरो सदस्य यशोदा सुवेदीले बढी निहुँ नखोज्न चेतावनी दिँदै निहुँ खाजे जे पनि हुनेसम्म बताइन् ।

बंगुर र कुखुरा फर्म चलाइरहेका केन्द्रीय सदस्य मौसम लिम्बूले त झन् अब जनवादी क्रान्तिको कार्यक्रम नै फ्याँक्नुपर्ने भनेर तर्क गरे ।वैद्य सैद्धान्तिक धरातलका आधारमा मात्रै एकता गर्नुपर्ने पक्षमा छन् ।

वैद्यको ध्यान प्रचण्डभन्दा बादलतिर गएको छ । वैद्यले बैठकबाट एकताका लागि ठोस पहल नचाले बादलको नेतृत्वमा बहुमत नेता–कार्यकर्ता एमाओवादीमा जाने लगभग निश्चित छ । कमाण्डर पोष्ट दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger