|
|
रुकुम २५-चैत । आफ्नै श्रीमति र छोरालाई खुकुरी प्रहार गरि घाईते बनाउने रुकुमका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ । सार्बजनिक हुनेमा मुसिकोट नगरपालिका ६, रुकुमका ४५ बर्षिय बीर बहादुर खड्का रहेका छन ।
उनले श्रीमति टिका खड्का र छोरा सौगात खड्कालाई लाई घरमा खुकुरी प्रहार गरि घाईते बनाएका हुन । खुकुरी प्रहार गरी घाईते बनाएको भन्ने टेलिफोन बाट जिल्ला प्रहरी कार्यालय रुकुममा खबर प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली खटी गई संलग्न बीर बहादुर खड्का र उनले प्रयोग गरेको खुकुरी नियन्त्रणमा लिइएको थियो ।

जस अनुसार उनलाई जिल्ला अदालत रुकुम बाट पहिलो पटक ७ दिन हिरासतमा राख्न म्याद थप अनुमति लिई कारबार्हीका लागि थप अनुसन्धान भैरहेको रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । अनुसन्धान क्रममै रहेका कारण उनले के कारणले श्रीमति तथा छोरालाई खुकुरी प्रहार गरे भन्ने कारण पत्ता लागेको छैन ।
उनका अनुसार घटना घटाउनु भन्दा अघि दाङ गएका खड्का घर आउने क्रममा तुलसीपुर बजारबाट २ हजार रुपैयामा खुकुरी किनी घरमा आई सोही खुकुरीले ज्यानै मार्ने मनसायले श्रीमति र छोरालाई टाउको लगायत शरिरको बिभिन्न भागमा प्रहार गरी सक्त घाईते बनाएका हुन ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार बिगतका दिनहरुमा समेत उनले श्रीमतीसंग बिभिन्न बाहाना बनाएर झै–झगडा गर्ने, मादक प्रदार्थ सेवन गरी घरमा आई कुटपिट गर्ने,डर त्रास दिने र बिभिन्न हातहतियार देखाउने गरेका थिए । मेगराज खड्का, तुलसीपुर अनलाइनबाट साभार
Post a Comment