Headlines News :
Home » » दाङमा आज बिहान भएको वस दुर्घटनामा परेका सबै विद्यार्थी परिक्षामा सहभागी

दाङमा आज बिहान भएको वस दुर्घटनामा परेका सबै विद्यार्थी परिक्षामा सहभागी

Written By Unknown on Monday, April 4, 2016 | 9:15 PM


तुलसीपुर, २३-चैत । मंगलवार विहान सवारी दुर्घटनामा परेर घाइते भएका सबै विद्यार्थी एलएलसी परिक्षामा सहभागी भएका छन् । उनीहरुले तुलसीपुर १५ को परिक्षा केन्द्रवाट परिक्षा दिइरहेका छन् ।

एसएलसी परिक्षा दिन जाँदै गरेका ५ जना विद्यार्थी मंगलवार विहान सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका सबै विद्यार्थी प्रारम्भिक उपचारपछि साढे ८ बजेपछि परिक्षा केन्द्रमा पुगेका छन् । आधाघन्टा ढिला गरि परिक्षा केन्द्रमा पुगेका परिक्षार्थीलाई आधाघन्टा अतिरिक्त समय प्रदान गरिने भएको छ ।


कालोखोला परिक्षा केन्द्रका केन्द्राध्यक्ष राजिव ओझाले त्यस्तो जानकारी दिएका हुन । उनले घाइते ५ जना विद्यार्थीलाई छुट्टै कोठामा राखेर परिक्षा दिने वातावरण मिलाएको र उनीहरुलाई आधाघन्टा अतिरिक्त समय प्रदान गर्ने आदेश जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले दिएको जानकारी दिए ।

केन्द्राध्यक्ष ओझाका अनुसार घाइते विद्यार्थी मध्य अधिकाँसलाई टाउकोमा चोट लागेको छ । घाईते सबै न्यू स्टार बोर्डिङ स्कूल विजौरीका विद्यार्थी हुन । उनीहरु सवार वा २ ख ९४१४ नम्वरको वस तुलसीपुर १५ पर्सेनीमा रोकिराखेको लु १ त ७९९३ नम्वरको ट्रेक्टरमा ठोक्दिा उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

विहान पौंने ८ बजेतिर विजौरीवाट कालोखोला परिक्षा केन्द्रमा परिक्षा दिन विद्यार्थी ल्याउँदै गरेको वस दुर्घटनामा परेको हो । घाइते विद्यार्थी ५ जना र एकजना गाडिका सहचालक तेजबहादुर चौधरीको तुलसीपुर स्थित सिटी हस्पिटको प्रारिम्भक उपचार गरिएको थियो ।

सामान्य उपचारपछि परिक्षामा विद्यार्थी सामले भएका हुन । वसका सहचालकको अवस्था पनि सामान्य रहेको प्रहरीले बताएको छ । उनीपनि हस्पिटलवाट डिस्चार्ज भइसकेका छन् । ईलका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रशाँईले चालकको लापरवाहीका कारण दुर्घटना भएको जानकारी दिए ।

‘वसको कन्डिसन सबै ठिकै देखियो, चालकले रोकिराखेको टे«क्टरमा वस लगेर ठोक्नु उनकै गल्ति हो ।’ प्रशाँईले थपे ‘ वस र चालक प्रहरी नियन्त्रणमा छन हामी अनुसन्धान गरिरहेका छौं ।’ मंगलवार एसएलसीका परिक्षार्थीलेसमाजिक विषयको परिक्षा दिँदै छन् । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger