Headlines News :
Home » » दाङमा डेढ करोड लगानी गरि पाँच विगाह जमीनमा व्यवसायीक गाई र माछापालन सुरु

दाङमा डेढ करोड लगानी गरि पाँच विगाह जमीनमा व्यवसायीक गाई र माछापालन सुरु

Written By Unknown on Monday, April 4, 2016 | 5:48 AM


तुलसीपुर, २२-चैत । कचिलाका युवाहरुले कृषि व्यवसायीकरण गर्नका लागि रु डेढ करोडको लगानीमा गाईफार्म तथा माछापालन सञ्चालन गरेका छन् । तुलसीपुर–१८ कचिलामा पाँच विगाह क्षेत्रफलमा गाईपालन र माछापान व्यवसाय संयूक्तरुपमा पाँच जना युवाहरुले सञ्चालन गरेका हुन ।

पहिले रु ५० लाख लागतमा ३० वटा  गाई पालेका उनीहरुले हाल माछापालनका साथै  आफनै दान उद्योग सञ्चालन गर्न लागेको  युवा व्यवसायी विष्णु शर्माले बताए । उनी लगायत पाँच जना युवाहरु मिलेर  दूध उत्पादन र माछापालनमा लगानि बढादै गएको बताए ।


गाई पालन वाट  यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाउदै गएको शर्माले बताए ।  जिल्लाकै उहाँहरुले ठूलो लगानीमा सञ्चालित गरेको ओम एग्रीकल्चर प्रालिवाट गाई बाख्राका लागि आवश्यक पर्ने दाना उत्पादन गर्न दाना उद्योग पनि सञ्चालन गर्न लागेको युवाहरुले बताए ।

उनीहरुले गाउँमै कही गनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गदै गाईपालनबाट दीर्घकालीन रूपमा मनग्य आम्दानी गर्नका लागि  लगानी गरेको शर्माले बताए । कमर्समा एमवियस गर्नु भएका विष्णु र अन्य क्षेत्रमा लामो अनुभव संगालेका युवाहरुले आफनै देशमा गरे केहि हुने   भन्ने देखाउन पनि यस्तो व्यवसायी सञ्चालन गरेको अर्का व्यवसायी तिलक शर्माले बताए ।

मेहनत, परिश्रम र सङ्घर्ष गरे नेपालकै भुमिमा स्वरोजगार बन्न सकीन्छ भनेर आफुहरुले सामुहीक कृषि व्यवसायी गरेको युवाहरुको भनाई छ । ‘ लाखौँ रुपैयाँ ऋण गरेर विदेश जानुभन्दा स्वदेशमै केही गर्नुपछ भनेर लागेका हौं, भविष्यमा पक्कै  पनि सोचे अनुरुप हुनेछ शर्माले भने ।

फार्ममा जर्सी, गाई, बाच्छाबाच्छी गरी जम्मा ३५ वटा  गाई रहेका छन् । दैनिक १५० लिटरसम्म दूध उत्पादन हुन्छ । ‘दूध वेचेर वार्षिक रु १३ लाख बराबरको आम्दानी हुन्छ” माछावाट पाँच लाख जति विष्णुले भने ।

गाईर्फम र माछामा करोड लगानी गरेका युवाहरुले  पाँचजनालाई रोजगारी दिएका छन् । ५ विगाह जमिनमा गाई फर्म, माछापालन र दाना उद्योग सञ्चालन गर्न लागेका  युवाहरुले  गाई लाई आवश्यक  घाँस आफैँ उत्पादन गरेको र मलमूत्र माछा , घाँस र  तरकारी खेतीमा लगाउने गरेको उनीहरुको भनाई छ ।

मल व्यवस्थापन गरि कम्पोष्ट मल समेत उनीहरुले उत्पादन गर्ने गरेका छन् ।  त्यसैगरी गाईका लागि उपचार सेवा तथा  आवश्यक दाना प्रयाप्त नहुदा भने आफुहरुले सोचे अनुरुप गाईले दूध नदिदा आम्दानी भने सोचे अनुरुप गर्न नसकेको शर्माको भनाई छ । “हामीहरुलाई साढेर अन्य मरामर्शको कमी छ, हाल सम्म कुनै क्षेत्रवाट सयोग प्राप्त भएको छैन्, निजि लगानिमा व्यवसाय सञ्चालन गरेका छौं”, शर्माको भनाई छ । -बालाराम खडका, तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger