Headlines News :
Home » » अपडेटः अबरुद्ध राप्ती लोकमार्ग १२ घण्टा पछि खुल्यो

अपडेटः अबरुद्ध राप्ती लोकमार्ग १२ घण्टा पछि खुल्यो

Written By Unknown on Wednesday, April 6, 2016 | 11:00 PM


सल्यान २५-चैत । राप्ती लोकमार्ग अन्तर्गत अबरुद्ध दाङ, सल्यान, अबरुद्ध रुकुम सडकखण्ड १२ घन्टा पछि खुलेको छ । रोल्पा सिमेन्ट प्रालिको १२ चक्के ट्रक कपुरकोट स्थीत विच सडकमै फसेपछि अबरुद्ध भएको सडक खण्ड ट्रकलाइ निकालेपछि सवा १० बजेतीर खुलेको हो ।



रोल्पा सिमेन्ट प्रालिको ना ६ ख ६६५ नम्बरको १२ चक्के लोड भएको ट्रकको अगाडीको भाग सडक भन्दा तल खसेको थियो । गएराती सवा १० बजेतीर मोड सानो भएकाले स्टेरिङ नकट्दा ट्रक फसेको चालक प्रेम थापाले बताउनुभयो ।

तनहूको आबुखैरेनी लैजान लागेको २१ टन क्लिङकर अनलोड गरेर जेसीबीको सहयोगमा ट्रक निकालिएको हो । सडक खुले पछि रोकिएका सयौँ गाडीहरु गन्तव्य स्थानतीर लागेका छन् ।

दाङ, सल्यान, अबरुद्ध रुकुम सडकखण्ड अन्तर्गत कपुरकोट क्षेत्रको सडकको छेउँतीरको सबै भाग भासिएको छ । यस अघि पनि धेरै गाडिहरु दुर्घटना हुनबाट बचेका छन् । छिटै सडकको स्तर उन्नती नगरेमा अझै ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको छ । शँकर केसीबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger