|
|
करिब दुई बर्षको समय लगाएर १ करोड १६ लाख रुपैयाँको लागतमा २५ मिटर लामो पक्की पुल निर्माण भएको हो । यसैविच नबनिर्मित पुलको शनिबार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उद्घाटन गरेका हुन् ।
पुलमा टाँगिएको रिवन काटेर मन्त्री थापाले पुलको उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्रि थापाले पुलको संरक्षण तथा मर्मत सम्भारमा बिषेश ध्यान दिन उपभोक्ताहरुलाई आग्रह गरेका छन् । विकासको आधार भौतीक पूर्वाधारकारुपमा पुललाई लिदै गाउँको अन्य बिकासमा पनि जुट्न उनले नागरिकहरुलाई आग्रह गरे ।
यसैविच पुल निर्माणका क्रममा सहयोग गरेको भन्दै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको तर्फबाट स्थानिय अटल युवा क्लवका अध्यक्ष राजकुमार भण्डारीलाई प्रमाण पत्र समेत प्रदान गरिएको स्थानिय दामोदर शर्माले जानकारी दिएका छन् ।
यसैविच सोही सडक खण्डकै त्रिपुर ७ मा रहेको हापुर खोलामा पनि पुल बन्ने भएको छ । मन्त्री थापाले उक्त पुलको शनिबार शिलन्यास गर्नुभएको छ । सो अबसरमा मन्त्री थापाले गुणस्तरीय काम गरि समयमै पुल निर्माण सक्न पनि कर्मचारी तथा ठेकेदारलाई निर्देशन दिए । घोराहीको नेपाली सेना व्यारेकबाट सेवार बनगाउँ, हापुर तुलसीपुरको रक्षाचौर जोड्ने सडकमा पुल निर्माण र शिलन्यास गरिएको हो । तुलसीपुर अनलाइन
Post a Comment