|
|
चैत २८, काठमाडों । श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भाग्ने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका ८ की ३५ वर्षीया सुजाता राईलाई प्रहरीले पक्राउ गरेको हो । उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।
महुली सहकारी संस्था, डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर उनी चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी थिइन । उनलाई उदयवुरको कटारी बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजाताविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुजाताले श्रीमान्ले विदेशबाट पठाएको रकम समेत लिएर भागेको जनाइएको छ । – नागरिक दैनिक
Post a Comment