Headlines News :
Home » » महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ

महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ

Written By Unknown on Monday, June 13, 2016 | 11:02 PM


शास्त्रमा भनेको छ कि हाम्रो शरीरमा रहेका विभिन्न चिन्हको अर्थ हुन्छ । शरीरमा हुने चिन्हलाई कोठी पनि भनिन्छ । हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भागमा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो कोठी हुन्छ । कसैको गालामा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बताउने शास्त्रमा उल्लेख छ ।



महिलाको शरीरमा हुने कोठीको अर्थबारे यहाँ चर्चा गरिएको छ ।

गालामा हुने कोठी
गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ । बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।

निधारमा कोठी
निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ ।

आँखी भौंमा कोठी
आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।

ओंठमा हुने कोठी
ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ ।

नाकमा कोठी
नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।

चिउँडोमा कोठी
महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन ।

तिग्रामा हुने कोठी
कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् ।

नाइटोमा हुने कोठी
महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।

पिठ्यूमा कोठी
कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।

छातीमा कोठी
महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ । नेपालीहेडलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger