Headlines News :
Home » » सल्यानमा बलत्कारका घटना तिब्र गतिमा बढ्दै

सल्यानमा बलत्कारका घटना तिब्र गतिमा बढ्दै

Written By Unknown on Monday, June 13, 2016 | 8:02 PM


दिपक शर्मा/जेठ ३२, सल्यान । सल्यानमा पछिल्लो समयमा बलत्कारका घट्ना बढ्दै गएको पाइएको छ ।

विगत दुई महिना वैशाखदेखि जेष्ठ ३१ गतेसम्म ५ जवरजस्ती करणीका मुद्या आएको जिल्ला अदातल सल्यानले जानकारी दिएको छ । वैशाख महिनामा २ र जेष्ठ महिनामा ३ गरी ५ जवरजस्ती करणीका मुद्या दायर भएको जिल्ला अदालत सल्यानका सुरेश खड्का जानकारी दिनु भयो ।




उहाँले भन्नु भयो केहि समय पहिले महिनामा एक दुई वटा यस्ता मुद्दा आउथे तर पछिल्लो समयमा यस प्रकारका मुद्दा आउनेको क्रम बढ्दै गएको छ । जवरजस्ती करणीमा शिक्षक देखि लिएर वृद्धसम्म रहेका छन् । चाँदेका संदिप खड्काले आफुले पढाउने शिक्षकलाई करणीको प्रयास , त्रिवेणी ३ का वृद्ध तारा प्रसाद कवंरले बच्चालाई करणीको प्रयास , छायाक्षेत्र ९ रानागाउँका सञ्जय भारतीले छिमेकीलाई बलत्कारको प्रयास गरेर परिवारका ४ जनाको हत्या गरेरको उहाँले बताउनु भयो ।

यस्तै जिमाली २ तुरतुरेका एकराज चलाउनेले सालीलाई बलत्कार गरी हत्या गरेका थिए । भने ढाकाडाम का मानसिहं टमटाले छिमेकीलाई बलत्कारको प्रयास गर्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएका थिए । बढ्दो शहरीकरण तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण यस प्रकारका घटनाहरुले प्रशय पाइरहेको उनले बताउनु भयो ।

उनले भन्नु भयो हिजोसम्म यस्ता घटना नभएका होइनन्, यस्ता घटना समाजमा आए समाजबाटै बहिस्कृत भइन्छ भन्ने डर थियो, चेतनाको कमी थियो, सार्वजनिक गरे मारी दिने धम्की आउने गर्दथे त्यस कारण यस्ता घटना सार्वजनिक हुदैनथे तर पछिल्लो समय सहरीकरणको प्रभाव तथा यस्ता घटना भए लुकाउनु हुदैन भन्ने चेतनाको विकासका कारण पनि करणीका घटना बढेको देखिएको हो ।

समाजमा अझै पनि यस्ता घटना घट्ने गरेको भएपनि समाजिक रुपमा बहिस्कार तथा बेइन्जत हुने डरका कारण यस प्रकारका घटना न्यायलयमासम्म आइपुग्न नसकिरहेको बताऐ । न्यायलयसम्म यसरी घटना आउनुलाई सकारात्मक रुपमा लिनु पर्नें बताउदै उनले यस्ता घटना समाजमा भए लुकाएर राख्नु हुदैन भन्ने चेतनाको विकास भएको बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger