जेठ ३२, दाङ । एनसेल टावर आगजनीमा संलग्न रहेको अभियोगमा सोमबार नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका चार नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला सदस्यहरु यमलाल पुजाली, पूर्ण खनाल, ज्वाला खतिवडा र भीमबहादुर विक पक्राउ गरेका हुन् ।
जिल्लाका विभिन्न ठाउँमा भएका एनसेल टावर आगजनीका विषयमा अनुसन्धान गर्न पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले बताए ।
दुई दिनमा जिल्लाका चार स्थानमा एनसेल टावरमा आगजनी भएको थियो । जिल्ला सेक्रेटरी बलबहादुर ओलीले पार्टीका नेताहरुका घरमा खानतलासी, पक्राउ र मानसिक तनाव दिने काम गरिरहेको बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment