|
|
खुग्रिंमा करिब ६०० हेक्टर क्षेत्रफलमा आगलागि भएको र ह्वामा लगायतका अन्य ठाउका ७५ हेक्टरमा आगलागि भएको जिल्ला बन अधिकृत हरिनारायण मण्डलले जानकारि दिनुभयो । खडेरी अन्त्य हुनेबेला नै आगलागि हुनाले जनधनको क्षति भएको उहाँले बताउनुभयो ।
क्षतिको एकिन विवरण नभएपनि र गतसालको रेकर्डको तुलनामा यसबर्ष कम क्षति र कम आगलागि भएको उहाँले जानकारि दिनुभयो । सामान्य लापरबाहिको कारणले आगलागि हुने गरेको र जनचेतनाको अभावमा आगलागि नियन्त्रण हुन नसकेको मण्डलले बताउनु भयो ।
रोल्पा जिल्लामा आगलागि नियन्त्रणको लागि चाहिने सामग्रीहरु स्थानिय स्तरका सामुदायिक वन समिति, नेपाली सेना र नेपाल प्रहरीलाई उपलब्ध गराइएको छ । साथै आगलागि नियन्त्रण र यसको रोकथामको लागि गाउँगाउँमा कर्मचारिहरु परिचालन गरिएको जिल्ला बन अधिकृत हरिनारायण मण्डलले जानकारि दिनुभएको छ ।
Post a Comment