|
|
जिल्लाको समग्र भागको केन्द्र एवं सबैलाई पायक पर्ने स्थान प्यू.न.पा.–७ नयाँ बजार जुम्रीमा सो होटलको सेवा शुरु गरिएको हो । होटलको माननीय जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले आज औपचारिक उद्घाटन गरेका हुन् ।
स्थानिय युवाहरु रेशम केसी, नविन जिसी र पवन सुवेदीको संयुक्त लगानीमा सञ्चालित होटललाई जिल्लामा अहिलेसम्मकै उत्कृष्ट एवं सुविधा सम्पन्न होटलको रुपमा लिइएको छ ।
जिल्लाको पर्यटकीय क्षेत्रको विकाससँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय होटल भएकाले जिल्लाको पर्यटकीय विकासलाई केन्द्र विन्दुमा राखेर संचालनमा ल्याइएको उक्त होटलको सेवाबाट प्यूठानको पर्यटन प्रबद्र्धधनलगायत विभिन्न आर्थिक गतिविधिमा सहजता आउने विश्वास लिइएको छ ।
होटलमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र टुरिष्टहरुका लागि विशेष खालको सेवाहरु रहेका सञ्चालक टिमले बताएको छन् । एकै दिनमा ३ सय जना पहुनालाई खाना खुवाउन सकिने उनीहरु बताउँछन् ।
जिल्लामा अहिले साना ठूला गरी करिब ६ सय होटलहरु सञ्चालनमा रहेको होटल व्यवसाय संघ प्यूठानका अध्यक्ष चन्द्रलाल न्यौपानेले बताए । अन्य जिल्लाको हकमा प्यूठान पनि भौतिक पूर्वाधार, पार्किङ, गेष्टरुमलगायतको पक्षमा अहिले सम्मकै नमुना र उत्कृष्ट होटल भएको न्यौपानेको भनाइ छ । स्रोत: रातोपाटी
Post a Comment