Headlines News :
Home » » दाङका एक युवकले उपल्लो जातको केटीसंग प्रेम सम्बन्ध राख्दा प्रहरीको खोरमा

दाङका एक युवकले उपल्लो जातको केटीसंग प्रेम सम्बन्ध राख्दा प्रहरीको खोरमा

Written By Unknown on Saturday, June 25, 2016 | 6:49 AM


जनक नेपाली/असार ११, दाङ । दाङका एक युवक आफुभन्दा उपल्लो जातको केटी संग प्रेम सम्बन्ध राखेको निहुमा प्रहरीको खोरमा पुगेका छन् । तुलसीपुर ४ का अजय स्वर्णाकारले प्युठान बिजुवार सनम भण्डारी संग प्रेम सम्बन्ध गाँसेको निहुमा प्रहरीले पक्राउ गरेको हो ।



लामो समय देखि दुवै जनाले प्रेम सम्बन्ध राखेको भएपनि केटी पक्षका परिवारले आफ्नो थर दलित भन्ने थाहा पाएपछि पक्राउ गर्न लगाएको वताएका छन् । २०७२ भदौ देखि प्रेम सम्बन्ध राख्दै आएको वताउँदै अजयले गतबर्षको तीजमा दुवै जनाको मिलोमहतोमा सिन्दुर हालेर नयाँ जीवनको सुरुवात गरेका थियौ उनले भने । सनमलाई उनका घर परिवारले खोसेर लग्लान भन्ने डरले आफन्तका घर–घरमा गएर बस्यौ सनमलाई आखिरमा खोसेर लगी छाडे अजयले भने ।

तुलसीपुरको एक सुनचाँदी पसलमा कामगदै आएका अजयसंग भेट गर्न भन्दै काठमाण्डौबाट जेठ १ गते दाङ आएकी सनम र अजयको दोश्रो पटक नेपालगञ्जमा भेट भएको थियो । सनम दाङ आएको परिवारले खवर पाएपछि खोजतलास गरिदिन मागगर्दै ईलाका प्रहरी कार्यालयमा अमेलीयामा निवेदन दर्ता गराएका थिए । ४२ दिन सम्म सगै बस्दै आएका दुवै जनालाई गएराती प्रहरीले तुलसीपुर ८ टीकरीबाट पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको स्कारपीओ र अर्काे नम्बर नखुलेको जीपमा मुखमामास्क लगाएर प्रहरी संगै पुगेका केही व्यक्तिले उनिहरु बस्दै आएको तिजमानी चौधरीको घरको ढोकाफोडी पक्राउ गरेका थिए । चप्पल समेत लगाउँन नदिएर आफुलाई पक्राउ गरेर ल्याएको भन्दै पछि मुखमा मास्क लगाएको कोहो भनेर सोध्दापछि गाडीबाट दुईजना मान्छे झरेर अर्काे गाडिमा चढेको अजयको भनाई छ । अजय र सनमलाई गतराति १२ बजे वडा प्रहरी कार्यालय लमहीमा ल्याईएको थियो ।

पटक –पटक आफुलाई दलित भन्ने थाहा पाएपछि अपमानित गर्नुका साथै सनमलाई छुटाउँने प्रयास गर्दै आएको अजयले वताए । हाम्रो हैसियत त्यो दलित संग मिल्दैन बरु त मर त्यो केटा संग जान पाउँदैनस् भन्दै गालीगर्दे मानसिक, शारिरीक यातना समेत दिएको अजयको भनाई छ । दलित र गरिब भएको भन्दै सनमलाई खोसेर लगेको वताउँदै आफु तल्लोजातको हुदा प्रहरीले पनि आफुलाई सहयोग नगरेको अजय र उनका आफन्तहरुको भनाई छ ।

सनमका आमा बा ले यता प्रहरीमा भने छोरीको उमेर नपुग्दै हराएको भन्दै खोज तलास गरिदिन माग गर्दे निबेदन दिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले वताउँनुभयो । प्रहरीले सनमलाई भने आफन्तको सुटुक्कै जिम्मा लगाएको छ । दुबै पक्षका आफन्तलाई बोलाएर छलफल गर्नुभन्दा पनि एकलौटी ढङ्गबाट प्रहरीले मनोमानी तरिकाले सनमलाई परिवारको जिम्मा लगाएको दलित अधिकारकर्मी जोगेन्द्र विश्वकर्माले वताउँनुभयो ।

प्रहरीले यसो नगरेको भए राम्रो हुन्थ्यो तर दुबै जनाका आफन्तलाई बोलाउनु प¥र्याे विश्वकर्माले भन्नुभयो । वडा प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर खड्काले सनमको उमेर १८ बर्ष नपुगेका कारण परिवारको जिम्मा लगाएको वताउँनुभयो । हामीले उमेर नपुगेका बाल बालिकाको विवाह गराउँन मिल्दैन त्यसैले परिवारको रोहवरमा छाडेका हौ भन्नुभयो । सनमको १८ बर्ष उमेर पुग्न अब एक महिना मात्र बाँकी छ ।

जातीय भेदभाव तथा छूवाछुत कसूर सजाय ऐन २०६८ अनुसार प्रचलित कानुन बमोजिम उमेर पुगेका वर वधुबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट जात, जाति वंश, वा समुदायका आधारमा रोक लगाउँन नपाईने व्यवस्था गरेको छ । सो बमोजिम कसूर गर्ने व्यक्तिलाई एक महिना देखि एकबर्ष सम्म कैद वा पाँच सय देखि दशहजार रुपैयाँ सम्म जरिवना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ऐनमा उल्लेख गरेको छ । स्रोत: इन्द्रेणी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger