Headlines News :
Home » » दाङमा खोलाको माछा खादा एकै घरका ४ जना विरामी

दाङमा खोलाको माछा खादा एकै घरका ४ जना विरामी

Written By Unknown on Friday, June 10, 2016 | 5:39 AM


रेखा मगर/ जेठ २८, दाङ । दाङ कोइलावासको सवरी नाकास्थित खोलाको माछा खाँदा एकै घरका ४ जना विरामी परेका छन ।



प्रहरीका अनुसार कोइलावास गाविस वडा नं २ सवरी नाकाका स्थानीय चन्द्र वहादुर वुढाको परिवारका सदस्यले गाँउको खोलावाट माछा मारेर खाएका थिए ।

विरामी पर्नेहरुमा ५३ वर्षिय चन्द्र वहादुर वुढा, २४ वर्षिय तुल वहादुर वुढा, ४३ वर्षिय गरिवी वुढा र ४१ वर्षिय रमेश वुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

विरामीहरुलाइ शसस्त्र, नेपाल प्रहरी र स्वास्थ्यकर्मी सहितको टोलीले उद्धार गरी कोइलावास स्वास्थ्य चौकीमा पु¥याएका थिए । उनीहरुको स्वास्थ्यचौकीमा उपचार भइरहेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

झाडावान्ता हुने, टाउको र पेट दुखने जस्ता समस्या देखिएका उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । माछा मार्दा विषादी राखेका कारण विरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger