Headlines News :
Home » » मध्यपश्चिमकै चर्चित सल्यानमा रहेको कुपिण्डे दहको आधिकारीक जानकारी आयो !

मध्यपश्चिमकै चर्चित सल्यानमा रहेको कुपिण्डे दहको आधिकारीक जानकारी आयो !

Written By Unknown on Thursday, June 9, 2016 | 10:44 PM


जेठ २८, सल्यान । सल्यानको पहिचालनसंग जोडिएको कुपिण्डेतालको गहिराइ ३४ मिटर रहेको पत्ता लागेको छ । जिल्ला विकास समिति सल्यान, शे–फोक्सोन्डो मिडिया प्राली र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तरगतको राष्ट्रिय ताल संरक्षण विकास समितिले गरेको तालको अध्ययनबाट कुपिण्डेतालको गहिराई ३४ मिटर रहेको पत्ता लागेको हो ।



मापन अनुसार तालको लम्वाई ८ सय ३४ मिटर, चौडाई ५३८ मिटर र कुल क्षेत्रफल २३ दशमलव ५३ हेक्टर रहेको देखिएको छ । तालको गहिराईमा एकरुपता नभएकोले पौडि खेल्नका लागी उपयुक्त नभएको जानकारी गराइएको थियो । तालको गहिराइको बारेमा आधिकारीक अध्ययन नभएकाले विभिन्न भ्रमहरु भएतापनि आधिकारी तथ्यांक सार्वजनीक भएको थिएन ।

राष्ट्रिय ताल संरक्षण विकास समितिले अध्ययनको क्रममा तालको संरक्षणका लागी सुझाव समेत दिएको छ । समितिको सुझावमा तालको चारैतिर पदमार्ग निर्माण, उत्तर पश्चिममा वेलीव्रिज निर्माण, वरिपरि  रहेका तिनवटै खोलामा चेकड्याम बनाएर निगालोको वृक्षारोपन गर्नुपर्ने बताएको छ ।

यस अघि कुपिण्डेतालको चुहिएको पानी रोकेर छहरा बनाउने चर्चा चलिरहेको र सोहि अनुसार काम थालेको भएपनि उपयुक्त नहुने भएकाले त्यस्तो सुझाव आफुहरुले दिएको शे–फोक्सोन्डो मिडिया प्रालीका अध्यक्ष जिवन विसीले बताएका छन । ताल थुन्दा फुट्न सक्ने खतरा हुने भएकोले सो काम उपयुक्त नहुने बरु कुपिण्डेतालमा माछा पालनको सम्भावना रहेको उनले बताएका छन ।

तालको बारेमा जानकारी दिन विहिबार तालछेउमा गरिएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले पर्यटकिय तथा धार्मिक दृष्टिकोणले महत्वपुर्ण स्थान ओगटेको कुपिण्डेताल प्रचारप्रसारको अभावमा पछि परेको बताएका छन । तालको संरक्षण र विकासका लागी आफुले सक्दो पहल गर्ने उनले बताए ।

राष्ट्रिय ताल संरक्षण विकास समिति र शे–फोक्सोन्डो मिडिया प्रालीले तालको विषयमा तयार पारेको अध्ययन तथा मापन प्रतिवेदन ज्वालाले जिविस सल्यानका योजना अधिकृत निम बहादुर वलीलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा गरिएको कार्यक्रममा नेपाली काग्रेशका जिल्ला सभापती गणेश चन्द, एमालेका जिल्ला सदस्य विजय सिंह, नेकपाका केन्द्रिय सदस्य महेश देवकोटा, नेकपा माओवादीका जिल्ला सदस्य गणेशमान सिंह, राप्रपा नेपालका जिल्ला सदस्य लगायतले तालको संरक्षणमा लाग्नुपर्ने बताएका थिए । घोषणा कार्यक्रममा राष्ट्रिय तथा स्थानिय पत्रकार लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो पटक ताल पुरिदै गएका कारण ताललाई आधार बनाएर आश्रित जनावर समेत संकटमा पर्दै गएको अध्ययनले देखाएको छ ।
तालको कुल क्षेत्रफल २३.५३ हेक्टर
गहिराई ३४ मिटर
लम्वाई ८ सय ३४
चौडाई ५सय ३८
पानीको मात्रा ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर
समुद्र सतहबाट ११२० मिटर
तालको गहिराईमा एकरुपता नभएकोले पौडि खेल्नका लागी भने कुपिण्डेताल उपयुक्त छैन !

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger