Headlines News :
Home » » दाङ र सल्यानमा अज्ञात समुहद्वारा एनसीएलको टावरहरुमा आगजनी, लाखौंको क्षती

दाङ र सल्यानमा अज्ञात समुहद्वारा एनसीएलको टावरहरुमा आगजनी, लाखौंको क्षती

Written By Unknown on Friday, June 10, 2016 | 10:40 PM


जेठ २९, दाङ  । अज्ञात समुहले शनिवार विहान दाङमा रहेका दुई वटा र सल्यान जिल्लामा रहेको एउटा एनसीएलको टावरहरुमा आगजनी गरेको छ । आगलागीवाट लाखौंको क्षति भएको छ ।



दाङको लक्ष्मीपुर गाविस स्थित चौपट्टा र लमही नगर पालिका ४ को श्रीगाउँ स्थित एनसीएलको टावरमा अज्ञात समुहले एकै समयमा आगजनी गरेको थियो । रातको दुई देखि तीन बजेको समयमा आगो लगाएको हुन सक्ने वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम खड्काले जानकारी दिए ।

दाङमा मात्रै हैन सोही समयमा नै सल्यानको जैतपानी स्थित एनसीएलेको टावरमा पनि अज्ञात समुहले आगजनी गरेको छ । एकै साथ दाङका दुई वटा र सल्यानको एउटा एनसीएल टावरमा आगजनी गरिएको एनसीएलका एक जना पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

ती कर्मचारीका अनुसार सल्यानको जैतपानी टावरमा भएको आगजनीवाट सबैभन्दा ठूलो क्षति भएको छ । जैतपानीको टावरमा आगजनी भएपछि जाजरकोट,रुकुम लगाएत ३५ भन्दा वढी टावर प्रभावित भएको ती कर्मचारीले जानकारी दिए । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger