Headlines News :
Home » » दाङमा भएको भयानक दुर्घटनाबाट बाँच्न सफल चार बर्षीय बालकलाई आफन्तको जिम्मा लगाइयो

दाङमा भएको भयानक दुर्घटनाबाट बाँच्न सफल चार बर्षीय बालकलाई आफन्तको जिम्मा लगाइयो

Written By Unknown on Friday, June 10, 2016 | 10:50 PM


जेठ २९, दाङ । विजौरीमा भएको सवारी दुर्घटनामा बाबुआमा गुमाएका चार वर्षीय समिर बादीलाई आफन्तको जिम्मा लगाइएको छ ।



सल्यान जिल्लाको छायाँ क्षेत्र गाविस वडा नं. ९ निवासी समिरका आफन्तले समिरलाई लगेर गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

विजौरी ५ विजौरीको वरालोमा शुक्रावर साँझ ६ बजेरित घोराहीवाट तुलसीपुर तर्फ आउँदै गरेको लु २ प ३२३८ नम्वरको ट्रेक्टरले तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको रा २ प १५३८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा गंभिर घाईत भएका समिरका बुवा ३१ बर्षीय सञ्तोष वादी र उनकी २६ वर्षीया आमा ज्योति बादीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको थियो ।

मृतक सन्तोष सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङमा कार्यरत हवल्दार हुन । उक्त खतरनाक दुर्घटनामा परि उनीहरुका चार वर्षीय छोरा समिर बादी भने बाँच्न सफल भएका थिए । उनको अवस्था सामान्य रहेकोले आफन्तले सल्यान लगेको प्रहरीले जानकारी दिएको हो ।

ठक्कर दिने ट्रेक्टर, चालक भने प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाको कारण मोटरसाईकले ओभरटेक गर्ने क्रममा भएको प्रहरीले बताएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger