Headlines News :
Home » » दाङमा पाण्डेश्वरी यातायातले घोराही—सुपादेउराली टाटा सुमो चलाउने

दाङमा पाण्डेश्वरी यातायातले घोराही—सुपादेउराली टाटा सुमो चलाउने

Written By Unknown on Saturday, June 11, 2016 | 9:19 PM


सन्तोषकुमार गुप्ता/जेठ ३०, दाङ । पाण्डेश्वरी यातायात प्रालि दाङले अब घोराहीदेखि सिधै सुपादेउरालीका लागि टाटा सुमो चलाउने भएको छ । प्रालिको शनिबार घोराहीमा बसेको बैठकले असार १ गतेदेखि टाटा सुमो चलाउने निर्णय गरेको हो । त्यसका लागि प्रालिले यात्रुहरुलाई दुइतर्फी टिकेटको समेत व्यवस्था गरेको छ ।



प्रालिका अध्यक्ष सरोज शाहका अनुसार यात्रुले सुपादेउराली जाने र त्यहाँबाट फर्किनका लागि एकमुष्ठ रुपमा ११ सय रुपैयाँ तिर्नुपर्नेछ । त्यसमा प्रालिले गाडीमा प्रत्येक यात्रुलाई मिनिरल वाटरको समेत व्यवस्था गरेको छ । प्रालिले बिहान ६ बजे घोराहीबाट टाटा सुमो सुपादेउरालीका लागि छुट्ने जनाएको छ ।

टिकट बुक गरेका यात्रुहरुलाई बिहान प्रालिको गाडी घरघरमै लिन पुग्नेछ भने घरघरमै छोड्न पनि जानेछ । बिहान सुपादेउराली गएका यात्रुहरु सोही गाडीमै फर्किने व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष शाहले जानकारी दिए । ‘हामीले यात्रुहरुलाई घरमै लिन जाने र छोड्ने व्यवस्था मिलाएका छौँ’ उनले भने ‘हाल यो सेवा घोराही क्षेत्रमा मात्रै छ तर, पछि विस्तार पनि गर्ने योजना छ ।’

१० सिट यात्रु क्षमता भएको टाटा सुमोमा प्रालिले सुविधाका लागि नौ वटामात्रै टिकटको व्यवस्था गरेको छ । त्यस्तै प्रालिले साना गाडी(कारहरु) पनि रिजर्वको व्यवस्था मिलएको छ । रिजर्वको सेवा पनि प्रालिले असार १ गतेदेखि नै सुरु गर्ने जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger