Headlines News :
Home » » दाङमा ट्रक र बस ठोकिंदा १४ घाईते, दुईको अवस्था चिन्ताजनक, (नामावलीसहित)

दाङमा ट्रक र बस ठोकिंदा १४ घाईते, दुईको अवस्था चिन्ताजनक, (नामावलीसहित)

Written By Unknown on Saturday, June 11, 2016 | 9:10 PM


सन्तोषकुमार गुप्ता/जेठ ३०, दाङ । दाङको अमेलीया(तुलसीपुर सडक खण्डको सतवरीया(९ मा शनिवार दिउँसो भारतीय ट्रक र यात्रुवहायक बस एक आपसमा ठोक्किदा १४ जना यात्रु घाईते भएका छन् ।



घाइते मध्ये ट्रक चालक भारतको लक्षिणपुर घर भएका शिव गोविन्द, बस चालक बर्दियाको धदवार–३ का ३२ वर्षका सन्तोष खतिकको अवस्था गंभिर रहेको ईलाका प्रहरी कार्यालय अमेलीयाले जनाएको छ ।

दुर्घटनामा परि दाङ सतबरिया–९ अमेलीयाकी ३२ वर्षीया सुशीला विक, ३९ वर्षीया निर्मला विक, मलैखोलाका ४५ वर्षीय आशाराम बुढोथोकी, गोलटाकुरीका २७ वर्षीय ईश्वर विक घाईते भएका छन् । त्यस्तै उक्त दुर्घटनामा परी बर्दियाका २२ वर्षीय पदम थारु, २१ वर्षीया सीता चौधरी, बर्दिया करनियाँ–३ का ३२ वर्षीया दयाकुमारी खरेल घाईते भएका छन् । त्यस्तै उक्त दुर्घटनामा परि सुर्खेत खजुरा–१० निवासी २९ वर्षीय हिमाल खत्री, सोही ठाउँका २८ वर्षीय जमूना पोख्रेल, बाँके चप्परगौरी निवासी १७ वर्षीया विष्णु विक, अर्घखाँचीका २९ वर्षीय ध्रुव गौतम, र रुकुम चौरजहारीका २२ वर्षीय योगेश बस्नेत रहेको प्रहरीले जनाएको छ ।

अमेलीया वाट तुलसीपुर जाँदै गरेको ना ३ ख ९७४५ वस र तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको यूपी ३१ पि ६४७१ नम्वरको ट्रक एकापसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । मोडमा बस र ट्रक ठोक्किएका हुन । घाईते मध्य दुई जना भने स्थानीय मेडिकलमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले छ । साझासबालबाट



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger